१४ साउन, काठमाडौं । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि सुरु गरिएको फोटोसहितको मतदाता नामावली संकलनमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ । धेरै मतदाता भएका र शहरी क्षेत्रमा नयाँ मतदाताले नाम दर्ता गराएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि उनीहरुले मनपरी निर्णय गर्न थालेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले उठाएका छन् । प्रहरीको आईजीपीले विवादास्पत निर्णय गर्न थालेको, दाताको सहयोगमा निर्वाचन आयोग चलेकोलगायत खबर आजका पत्रपत्रिकाको प्राथमिकतामा परेका छन् । भ्रष्टाचार सावित भएपछि पाकिस्तानी प्रधानमन्त्रीद्वारा राजीनामा दिएको विषयलाई पनि पत्रपत्रिकाहरुले प्राथमिकताका साथ उठाएका छन् ।
गोरखापत्र दैनिकले मतदाता नामावली संकलन देशभर उत्साहजनक रहेको आज लेखेको छ । दल दर्ताका लागि निर्वाचन आयोगले आह्वान गरेकोदेखि प्रत्यक्ष चुनावमा पनि आरक्षणको माग गरिएकोसम्मका खबरलाई गोरखापत्रले आज प्राथमिकताका साथ लेखेको छ ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने नेपालीहरुको पीडालाई नागरिकले आज लेखेको छ भने कान्तिपुर दैनिकले स्थानीय तहमा जथाभावी निर्णय भएको विषयबारे एक सामग्री छापेको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले आईजीपी प्रकाश अर्याल विवादमा पर्दै गएको लेखेको छ । ‘दाताको सहयोगमा चल्दै निर्वाचन आयोग’ शीर्षक दिएर मुख्य खबर लेखेको नयाँ पत्रिका दैनिकले शेरबहादुर देउवा नेतृत्वको सरकारले सदाचारलाई कुल्चेकोलगायत खबरलाई पहिलो पृष्ठमा प्राथमिकताका साथ छापेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।