काठमाडौं, ३० असोज : नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपालाी काँग्रेसका सभापति र शेर बहादुर देउवा तथा लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले पार्टी एकताका लागि भएको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
पार्टी एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवाले लोकतन्त्र पक्षधरबीच पार्टी एकीकरणले आफ्नो पार्टी चुनावमा पहिलो हुने बताएका छन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वामपन्थी गठबन्धनका कारण आफूहरु नयाँ गठबन्धन बनाउन बाध्य भएको बताएका छन् । हिमाल, पहाड र तराई जोड्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पौडेलले गच्छदारको प्रशंसा समेत गरेका छन् ।
फोरम अध्यक्ष गच्छदारले मुलुकमा वामपन्थी दलबीचको गठबन्धनले लोकतन्त्र रहने कि नरहने आशंका उब्जिएपछि लोकतन्त्रको रक्षाका लागि काँग्रेससँग पार्टी एकता गर्नुपरेको बताएका छन् ।
सम्बोधनका क्रममा आफूले पार्टी छोड्नु परेको दिन सम्झेर भावुक भएका नेता गच्छदारले दुबै पार्टीबीचको यो एकताले सम्पूर्ण नेता कार्यकर्तामा उत्साह थपिने र आसन्न निर्वाचनमा काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै अबदेखि अाफूले कहिल्यै नेपाली काँग्रेस नछोड्ने समेत उनले बताएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।