अहिले तत मम गरेर कोही पनि बलियो हुँदैन : देउवा

पौष १६,काठमाडौं : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा पार्टी पराजित हुनुको कारण छानविन गर्न उच्चस्तरिय छानविन समिति बनाउने प्रतिवद्धता जनाएका छन् ।

उनले चुनावको परिणाम हेरेर निराश नहुन पनि कार्यकर्तालाई आह्वान गरेका छन् ।

“चुनावको परिणाम हेरेर युवा नै किन निराश भएको ? म बुढो त निराश भएको छैन । समानुपातिकमा त राम्रै मत आएको छ ।” उनले अन्तर्घात गर्नेलाई कारवाही गर्ने पनि बताए ।

नेविसंघले मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रममा उनले भने, “चुनावमा हार्नुको कारण के हो उच्चस्तरीय छानविन समिति गठन गर्छु । स्थानीय निकायमा अन्तर्घात गर्नेलाई कारवाही नगरेका कारण अहिले धेरै अन्तर्घात भयो । अन्तर्घात गर्नेलाई कडा भन्दा कडा कारवाही हुन्छ । छानविन निष्पक्ष तरिकाले हुन्छ ।”

उनले पार्टीभित्र आफ्नो आलोचना गर्नेको पनि विरोध गरेका छन् । “पार्टीभित्र मेरो विरोध गर्नेले बुझुन्, आफू हार्ने अनि मेरो विरोध गर्ने ?,” उनको भनाई थियो, “अहिले तत मम गरेर कोही बलियो पनि हुँदैन । केही हुनेवाला पनि छैन । हाम्रै कारणले हाम्राले हामीलाई हराएको हो ।”

उनले बेलुका भएपछि मतगणनास्थलमा बस्दै नबस्ने कारणले पनि केही उमेदवार पराजित हुनुपरेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने