January 6, 2020

अस्पतालको पार्किङबाटै बाइक गायब भएपछि …

गंगाजमुना गाउँपालिका–६ धादिङका बाबुराम कार्की बुवा बिरामी भएर उपचारका लागि महारागञ्जको टिचिङ अस्पताल आएका थिए । उपचारका लागि रगत जम्मा गर्नुपर्ने थियो । उनी त्यसैका लागि दौडधुपमा थिए ।

Traffice_Bike_cover_DO3PrOqAS1

मंसिर १९ गते दिउँसो अपरेशनको लागि अन्य सामानहरू जुटाइसकेका थिए, रगत मात्र बाँकी थियो ।

बेलुका ६ बजे अन्य सामानहरू जुटाइसकेपछि अस्पतालमा बुबालाई खाना लिएर गए । उनले बाइक टिचिङ अस्पतालको पार्किङस्थलमा पार्किङ गरेका थिए । उनी रगत लिनको लागि रेडक्रसको बल्ड बैंकमा जानुपर्ने थियो । उनी हतार–हतार निस्किए तर पार्किङ गरेर राखेको ठाउँमा बाइक थिएन । उनले चारैतिर बाइक खोजे तर कतै भेटेनन् । उनी अत्तालिए, आपतकालीन अवस्थामा बाइक पाएनन् । रगत लिन जान पाएनन् उनले । बा६७प ७१९६ नम्बरको बाइक आधा घण्टाको बीचमा चोरी भइसकेको थियो ।

बाबुरामले ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल १०३ नम्बरमा फोन गरे । आफ्नो बाइक हराएको भनेर टिपाए ।

एक महिनापछि उनको बाइक ट्राफिक प्रहरीको सादापोसााकका प्रहरीले भक्तपुरको गठ्ठाघरमा फेला पार्‍यो । 

यस्तै, कालिमाटीका मोदनाथ सिलवाले पुष १७ गते बेलुका ६ बजे अफिसबाट फर्किएपछि आफ्नो बा७७प ८८६८ नम्वरको २२० सीसीको मोटरसाइकल पार्किङको लागि राखेका थिए ।

आधा घण्टापछि फर्किँदा उनको मोटरसाइकल थिएन । उनले यताउता खोजे तर भेट्टाएनन् । उनले तत्कालै ट्राफिक प्रहरीलाई खवरे गरे । प्रहरीले तत्कालै एक्सन लियो । तीव्र गतिमा खोजी कार्यलाई अघि बढायो । तीन दिनपछि कालिमाटीको एउटा कुनामा पार्किङ गरेको अवस्थामा फेला पर्‍यो ।

आइतवार हराएका बाइक महानगरीय ट्राफिक प्रहरीले सवारीधनीलाई बुझायो । सवारी धनी बाबुराम र मोदनाथले आफ्नो बाइक कसरी हरायो भनेर सुनाए ।

ट्राफिक प्रहरी आइतवार उपत्यकाका अनामनगर, ताल्छिखेल, पशुपति, बागडोल, टेकु, टिचिङ अस्पताल, झम्सिखेल, बसुन्धारा, मंगलबजार, ठमेल, लैनचौर लगायतका क्षेत्रबाट प्रहरीले विभिन्न मोटरसाइकल फेला पारि सम्बन्धितसवारी धनीलाई बुझाएको छ ।

‘हामीले उजुरीका आधारमा खोजी गरेर सम्बन्धित धनीलाई बुझाएका हौं । यदि तपाईंहरूको बाइक हरायो भने प्रहरीमा खबर गर्न नभुल्नुहोला,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भिमदत्त ढकालले सवारी धनी मोटरसाइकल हस्तान्तरण गर्दै भने ।

४ महिनामा हराए ५ सय ५४ मोटरसाइकल

महानगरीय ट्राफिक प्रहरी महाशाखामा पछिल्लो ४ महिनामा ५ सय ५४ वटा मोटरसाइकल चोरीको उजुरी परेका छन् । यो चालू आर्थिक वर्ष २०७६/०७७ को अघिल्लो ४ महिनाको तथ्यांक हो ।

यसमध्ये १ सय ४७ वटा मोटरसाइकल चोरीसम्बन्धी उजुरीलाई प्रहरीले अनुसन्धानमा अघि बढाएको छ ।

पछिल्लो ४ महिनाको अवधिमा १ सय ३७ वटा मोटरसाइकल भेटेर धनीलाई बुझाएका प्रमुख एसएसपी ढकालले लोकान्तरलाई जानकारी दिए ।

‘यसबीचमा १४ वटा मोटरसाइकलसहित २८ जना चोरलाई कारवाहीका लागि पठाएका छौं,’ ढकालले भने ।

चोरीको घटना बढेकोबढ्यै 

मोटरसाइकल चोरीको समस्या बर्सेनि बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ३ सय ८२ मोटरसाइकल हराएका उजुरी महाशाखामा परेका थिए । जसमध्ये ३ सय ७६ मोटरसाइकल अनुसन्धानको दायरामा ल्याएको थियो भने २ सय ५१ मोटरसाइकल खोजेर सवारी धनीलाई जिम्मा लगाएको थियो ।

आर्थिक वर्ष २०७५;०७६ मा १ हजार ६ सय ११ मोटरसाइकल हराएको उजुरी परेका थिए, जसमध्ये ३ सय ६५ मोटरसाइकल अनुसन्धानको दायरामा ल्याएको थियो । १ सय ८९ मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाएको प्रहरीको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने