काठमाडौं, ६ भदौ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिइने भनिएको परीक्षा स्थगित गरेको छ ।
अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह)का लागि भदौ १० गते तोकिएको परीक्षा स्थगित गरेको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले बताए ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट परीक्षा स्थगित गर्नु भनी पत्र सोमबार आएपछि परीक्षा स्थागित गर्नुपरेको बताए ।
यसअघि असार ३१ गते र भदौ ३ गते हुने भनिएको परीक्षा आयोगले बाढीपहिरो आएकाले भदौ १० गतेका लागि सारेको थियो । त्यसअघि असार २४ गतेबाट भदौ ३ गतेका लागि परीक्षा सारिएको थियो । उनका अनुसार परीक्षा कार्यक्रम २०७४ साल असोज ८ गतेसम्मका लागि स्थगित गरिएको छ ।
मन्त्रिपरिषद् कार्यालयले अविरल वर्षाका कारणले सिर्जना भएको असहज परिस्थिति अझै विद्यमान रहेको र राज्यको सम्पूर्ण ध्यान उद्घार तथा राहत कार्यमा केन्द्रित गर्नु परेको भन्दै शिक्षा मन्त्रालयमार्फत परीक्षा स्थगित गर्न निर्देशन दिएकाले स्थगित गरिएको प्रशासकीय प्रमुख पौडेलले बताए ।
देशभरि कार्यरत अस्थायी शिक्षकलाई स्थायी बनाउनका लागि शिक्षा ऐन आठौँ संशोधनले गरेको व्यवस्थाअनुसार आयोगले गत चैत १९ गते विज्ञापन गरेको थियो । परीक्षामा २०५९ सालभन्दा अगाडिदेखि २०७२ साल असोज २ गतेसम्मका अस्थायी शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ ।
प्रतियोगितामा १९ हजार २६५ शिक्षकको विज्ञापन गरे पनि १५ हजार ६९० ले मात्र दर्खास्त भरेका थिए । अस्थायी शिक्षकहरु परीक्षा सार्न र ऐनको नवौँ संशोधनका माध्ययबाट विगतमा गरिएको परीक्षामा अनुत्तीर्ण शिक्षकलाई पनि सेवासुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलित छन् । रासस
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
माघ २६,काठमाडौँ । न्याय सेवा आयोगको परीक्षा महाशाखाले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन गरेको
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)