असी प्रतिशत रगत महिलालाई

blood-donationरक्तदानमा संस्थाहरुको सहभागिता बढ्नाका साथै माग पनि त्यही अनुपातमा बढेको जनाइएको छ । “रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको सङ्ख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ”, रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले भन्नुभयो ।

जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भाँतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको जनाइएको छ ।

स्वयम्सेवक रक्तदाताका साथै जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेसागत सङ्घसङ्गठनले समय समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन ठूलो सहयोग पु(याएका छन् ।

रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास पनि थालिएको छ ।

रेडक्रस बाँकेका अनुसार सङ्कलित रगतमध्ये ७८ प्रतिशत गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा तथा २२ प्रतिशत पुरुष बिरामीका लागि प्रयोगमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने