११ असार ,काठमाडाैं। अन्ततः विभिन्न खालका चर्चा र परिचर्चाका विच नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरविच विवाह हुने पक्का भएको छ । केही दिन अगाडि हामीले नीशा र शरदको बिहे हुँदै भन्ने खबर सार्वजनिक गरेका थियौ । प्रेम चर्चा चलेको केही समयपछि नीशा आफैले आफ्नो ब्रेकअप भएको भन्दै मिडियामा अभिव्यक्ति दिएकी थिइन् ।
हो, अब यी दुइले असार १६ गते बिहे गर्ने भएका छन् । नीशा र शरदको बिहे र भोजको निमन्त्रणा कार्ड चलचित्रकर्मी, आफन्त र साथीभाइमाझ पुगिसकेको छ ।
नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर केही दिन अगाडि चितवनमा एकसाथ देखिएपछि यी दुइले बिहे गर्न लागेको चर्चा चलेको थियो । तर, अहिलेसम्म यी दुइले मिडियासँग कुनै कुराकानी भने गरेका छैनन् ।
नीशा र शरदको बिहेले नेपाली चलचित्र र क्रिकेटलाई जोड्ने छ । नेपाली चलचित्रकी नायिका र क्रिकेटर विच बिहे हुन लागेको संभवत यो पहिलो पटक हुनसक्छ ।
यस अगाडि केही मोडल र क्रिकेटरविच प्रेम सम्बन्ध रहेपनि बिहे हुन नसकेको वुझिएको छ । निशा र शरदले असार १८ गते भने बिहे भोजको आयोजना गरेका छन् । बिहे बन्धनमा बाधिन लागेका नीशा र शरदलाई हाम्रो तर्फबाट बैबाहिक जीवनको शुभकामना ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।