१० असार , काठमाडौं । बैशाख ३१ बाट जेठ ३१ हुँदै असार १४ को लागि स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति तोकिँदा धेरैले सरकारको आलोचना गरे । मध्य वर्षातको समयमा चुनाव गराउने कस्तो अब्यावहारिक निर्णय गरेको होला ? त्यहि भएर हुनसक्छ शायद निर्वाचन आयोगले ९ गते शुक्रबार देखि दैनिक रुपमा मौसमको पूर्वानुमान रिपोर्ट आयोगमा पठाउन जल तथा मौसम पूर्वानुमान महाशाखालाई निर्देशन दिएको छ ।
आम जिज्ञासा के हो भने असार १४ गते पानी पर्छ कि पर्दैन् ? विशेषगरी प्रदेश नम्बर १, ५ र ७ मा । दुख पूर्ण नै भन्नुपर्छ, मौसमविद्हरुका अनुसार चुनावको दिन तीनवटै प्रदेशमा भिषण पानी पर्ने देखिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कंडेलका अनुसार ‘प्रदेश नम्बर १ र ७ का धेरै स्थानहरुमा भारी वर्षा हुनेछ । उनका अनुसार त्यो दिन बिहानैदेखि पानी पर्दै रोकिंदै गर्छ । यसले निर्वाचनलाई नराम्ररी प्रभावित गर्छ ।’
आम मतदाताहरुलाई कँडेलको अनुरोध छ – ‘कृपया वर्षाको पानीबाट बच्ने उपायहरुको तयारी गरेर भोटहाल्न जानुहोला । निर्वाचन आयोगले पनि मतदानको दिन हुनसक्ने भारी वर्षाबाट कसरी जोगिने भन्नेबारे तयारीमा जुट्नुपर्ने उनको भनाई छ ।’
मनसुन शुरु भैसकेको र अब केहिदिन भित्रैमा सक्रिय हुने हुँदा आकाशे पानीको भरमा खेति गर्ने किसानले पनि रोपाईको तयारी थाल्दा हुने उनले बताइन् । उनका अनुसार यो वर्ष औषत वर्षा हुने देखिन्छ । तर, खडेरीका कारण धान रोपाईंमा नै समस्या पर्ने स्थिति भने नआउने अपेक्षा गर्न सकिन्छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।