असार १४ को निर्वाचन तालिका

Nirbachan-aayog-election-commission

१७ जेठ, काठमाडौं । निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले असार ९ गते गर्ने भनेको निर्वाचन असार १४ मा गर्ने निर्णय गरेपछि आयोगले त्यही अनुसार कार्यतालिका परिमार्जन गरी सार्वजनिक गरेको हो ।

आयोगले अव असार २ गते उम्मेदवार मनोनयन गर्ने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको हो ।

यस्तो छ आयोगको  विज्ञप्ती:

मिति २०७४।०२।१७
काठमाडौं, जेठ १७ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । नेपाल सरकारले दोस्रो चरणको निर्वाचनको मिति परिवर्तन गरी २०७४ असार १४ गते बुधबार गर्ने गरी निर्णय गरेअनुसार आयोगको आज बुधबार बसेको बैठकको निर्णय अनुरुप नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरिएको हो ।
प्रकाशित कार्यक्रम अनुसार निर्वाचन हुन बाँकी प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा २०७४ असार २ गते उम्मेदवारको मनोनयन दर्ता, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गरिने छ ।
यसअघि २०७४ जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने नेपाल सरकारको निर्णयअनुसार आयोगले जेठ १९ बाट सुरु हुने गरी प्रकाशन गरेको थियो । सरकारको नयाँ निर्णय अनुसार आयोगले यसअघिको निर्वाचन कार्यक्रम परिर्वतन गरी असार २ गतेबाट सुरु हुने नयाँ निर्वाचन कार्यक्रम प्रकाशन गरेको हो ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनको विस्तृत निर्वाचन कार्यक्रम यसैसाथ संलग्न छ ।

चुनावी तालिका:

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द