June 22, 2020

अर्थ तथा विकास समितिबाट दीपक मनाङेले राजीनामा दिए, भन्छन्- यसको कामै छैन

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । उनले उक्त समितिको कुनै काम नरहेको भन्दै राजीनामा दिएका हुन् ।

समितिका सभापति दीपक कोइरालालाई शुक्रबार राजीनामा बुझाउँदै सांसद गुरुङले भने, ‘कामै नभएको समितिमा बसिरहनु औचित्य देखिनँ । त्यही भएर राजीनामा दिएँ ।’

उनले उक्त समितिलाई नाम मात्रको समितिको संज्ञा दिँदै कुनै पनि अधिकार प्राप्त नभएकाले औचित्यविहीन समितिमा बस्न आफैंलाई लाज लागेर राजीनामा दिएको निष्कर्ष सुनाएका छन् ।

उनले स्थानीय दैनिक समाधानसँग कुरा गर्दै अगाडि थपे, ‘ठेक्का पट्टामा मन्त्रीका नजिकका मान्छे इन्जिनियर छन् । अनुगमन गर्ने भनेको त्यस्तै हो । समितिमा हुँदा म पनि अनुगमनमा गएँ । तर भक्ता मात्र लिने काम जस्तो देखियो । अनियमतता देखिएपनि कारवाही गर्ने अधिकारै छैन ।’

गिटी वालुवको टेन्डरमा ठूलो भ्रष्टाचार रहेको सांसद गुरुङको आरोप छ । यस्तो भ्रष्टाचारमा कर्मचारी, नेतादेखि सबै मिलिरहेको उनले स्पष्ट पारे । उनले भने, ‘कोत्रेमा हेर्नुस् न मुख्यमन्त्रीदेखि मन्त्री सबै त्यहीँ बाटो ओहोरदोहोर गर्छन् । तर त्यहाँ भइरहेको चरम दोहनको वास्तै गर्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने