अर्थमन्त्री शर्मा अर्थ मन्त्री को नाममा अनर्थ मन्त्री : नेता महेश बस्नेत

पिपुल नेपाल, संवाददाता,काठमाडौँ, १७ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्मा को चलाखिपुर्ण षडयन्त्र को कडा शब्दमा निन्दा गर्नुभएको छ

प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले अर्थमन्त्री शर्मा अर्थ मन्त्री को नाममा अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा रहेको भन्दै तथ्य सहित उभिनु भएको छ । सेटिङ र रेटिङमा व्यस्त रहने अर्थमन्त्री शर्मा गठबन्धन जोगाउन र एमालेका बिरुद्ध जस्तोसुकै हतकण्डा अपनाउन परे पनि तयार हुने बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘अर्थमन्त्री जनार्दन नामका अनर्थ मन्त्री धनार्दन शर्मा बोल्दैछु ।क.प्रचण्ड,क.मधव नेपाल, दुर्गा जी, गृहमन्त्री ज्यूलाई पनि धन्यवाद । छानविन समितिलाई पनि धन्यवाद । मेटाएको सीसीटिभी फुटेज नदेखाएकोमा म लगायत कर्मचारीको कल डिटेल्स नलिएकोमा, एमालेको फरक मतलाई इग्नोर गरेकोमा, सत्ताको आडमा बहुमत पुर्‍याई सफाई दिएकोमा । पुनः मन्त्री बहाली गराएकोमा, अर्थको सेटिङ् कायम गराउनेछु । प्रधानमन्त्री, भाउजुको आदेश मान्नेछु । सुप्रेमो ज्यु, सेटिङ भित्रै निश्चित रेटिङ बुझाउनेछु । सहयोग नगर्ने कर्मचारी हटाउनेछु, कमिशन नखुवाउने उद्योगीहरुलाई कारवाही गर्नेछु । चुनाव खर्च जुटाउनेछु । गठबनधन जिताउन र एमालेलाई हराउन लाग्नेछु । अर्थको नामका अनर्थ मन्त्री जनार्दन नामका धनार्दन शर्मा बोल्दैछु । जनताले सवै मूल्याङ्कन गरेका छन् । महंगी भ्रष्टाचार र कुशासनको हिसाव किताव गर्नेछन् । जनता विसाउने देश विरोधी गठबन्धन कमजोर हुनेछ । निर्वाचन आउँदैछ । धन्यावाद ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल