August 7, 2017

अर्थको सरुवामा करोडौं मोलतोल

indian-money-150x150-76x59

काठमाडौं । अर्थमन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरूको सरुवाका लागि मोलमोलाई सुरु भएको खबर छ । अर्थमन्त्रालयका विभागीय प्रमुखहरूको सरुवा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवाको आदेशमा मात्र हुने भएको छ ।आरजुकै कृपामा मन्त्री भएका कार्कीले बालुवाटारबाट उनले दिएको निर्देशन भन्दा बाहिर गएर प्रमुखहरू परिवर्तन गर्न नसक्ने अर्थमन्त्रालय स्रोतले बताएको छ । स्रँेतका अनुसार, आरजुले बालुवाटारबाटै अर्थ अन्तर्गतका विभागीय प्रमुखका लागि सहसचिवहरूसंग मोलमोलाई गरिरहेकी छिन् । आरजुले अर्थका सरुवामा दररेट नै तोकेर मोलमोलाई सुरु गरेकी छिन् ।राजस्व अनुसन्धान विभागको महानिर्देशकका लागि अग्रिम डेढ करोड रुपैया“ र ठूला करदाता कार्यालयको प्रमुखका लागि १ करोड रुपैया“ रेट तय गरिएको अर्थ स्रोतले बताएको छ ।

बालुवाटारमा आरजु देउवाले अर्थअन्तर्गतको सबैभन्दा आकर्षक मानिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक हुनका लागि इच्छित सहसचिवहरूसंग चर्को मोलमोलाई गरिरहेको स्रोतले बताएको छ । जागिर अवधि करीब ४ महिनामात्र बा“की भएका भन्सार विभागका महानिर्देशक रामशरण चिमौरियादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट एक महिनाअघि अर्थमा आएका सहसचिव भूपाल बराल, झापाबाट मन्त्रालय ल्याइएका उत्तर खत्री, मन्त्रालयको बजेट महाशाखा प्रमुख केवल भण्डारीसम्म राजस्व अनुसन्धान विभागको महानिर्देशकको दौडमा छन् ।

माओवादीको छाप लागेका विभागका वर्तमान महानिर्देशक रामकृष्ण सुवेदीले पनि आरजुसमक्ष बालुवाटारमा दूत पठाएर थमौतीका लागि पहल गरिरहेका छन् । उनले एक खोकासम्म आरजुको चरणमा चढाउने जनाउ दिएको स्रोतले बताएको छ । सिन्धुलीका कांग्रेस सांसद मोहन बरालका भाइ भूपाल बराल कांग्रेसको अर्थमन्त्री भएकाले सजिलै राजस्व अनुसन्धान विभागमा सरुवा हुन सकिने विश्वासका साथ अख्तियारबाट आएका थिए । तर आरजुले ठूलै डिमान्ड गरेपछि उनको डिमान्ड पूरा गर्न नसक्ने निचोडमा पुगेर मन्त्रालयकै कुनै महाशाखा प्रमुखमै बस्ने भएका छन् ।

उत्तर खत्री पनि बराल जस्तै डिमान्ड बुझाउन तयार नभएपछि उनको पनि संभावना टरेको छ । कर्मचारी प्रशासन महाशाखाका प्रमुख हरि बस्याल पनि डिमान्ड सुनेरै तर्सिएका छन् । राजस्वको महानिर्देशकका लागि बजेट महाशाखा प्रमुख केवल भण्डारीको नाम पनि बालुवाटारमा पुगे उनी खोका बुझाएर महानिर्देशक नबन्ने मनस्थितिमा रहेको चर्चा छ । चार महिनामात्र अवधि भएको र डिमान्ड धेरै भएपछि भन्सार विभागका महानिर्देशक चिमौरियाले राजस्वमा जाने मोह त्यागिसकेका छन् । भन्सार भन्दा राजस्व अनुसन्धान विभागलाई मालदार विभागका रुपमा लिइन्छ । ४ महिना जति राजस्वको महानिर्देशक भएका चिमौरियालाई एकपटक जाने रहर भए पनि जागिर अवधि छोटो भएको र डिमान्ड बढी भएकाले उनी पछि हटिसकेको चर्चा छ ।

ठूला करदाता कार्यालयको प्रमुखका लागि १ करोड रुपैया“को डिमान्ड जारी भएपछि अर्थ मन्त्रालयभित्रका कोही पनि सहसचिवले चासो नदिएको समाचार छ । ठूला करदातामा डिमान्ड पूरा गर्न अर्थका सहसचिवहरू तयार नभएपछि अर्थबाहिरका सहसचिवहरू अध्यागमन विभागका गंगाराम गेलाललाई समेत भूषण राणाहरूले प्रस्ताव राख्न पुगेका छन् । कांग्रेसी पृष्ठभूमि र भ्रष्टाचार खप्पिस सहसचिवहरू अर्थमा ल्याएर असुली गरी ठूला करदाता कार्यालयमा पठाउने दाउमा आरजु राणाका भाइ भूषण राणाहरू लागेको खबर छ् ।

अर्थ मन्त्री ज्ञानेन्द्र कार्कीले विवाद रहित सहसचिव किशोरजंग कार्कीलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा सरुवा गरेका छन् । कर फस्र्योट आयोगबाट मनपरी करछुट दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चुडामणि शर्मालाई निलम्बन गरेको दुई महिनापछि कार्कीलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा सरुवा गरिएको छ । आन्तरिक राजस्व विभागको महानिर्देशकमा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले पनि रुची राखेका थिए ।

विभागीय प्रमुखहरूको सरुवामा बालुवाटारबाट आरजुको निर्देशन अनुसार गर्नुपर्ने भएपछि मन्त्री ज्ञानेन्द्र कार्कीले अर्थ मन्त्रालय अन्तर्गतका भन्सार र राजस्व कार्यालयमा उपसचिव र शाखा अधिकृतको सरुवामा गर्ने मात्र अधिकार पाएका छन् । मन्त्री कार्कीका भाइ लोकेन्द्र कार्की र मृगेन्द्र कार्कीले उपसचिव र शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीसंग दररेट तय गर्न थालेको चर्चँ पनि सुरु भएको छ । वीरगञ्ज, भैरहवा, विराटनगर, रसुवालगायतका भंसारका लागि उपसचिवका लागि २० लाख र शाखा अधिकृतका लागि १० लाख तय गरिएको स्रोतले बतायो । भन्सार विभागका भन्सार अधिकृत गोपाल खत्रीले कार्कीको भाइ लोकेन्द्रलाई रेटअनुसार बुझाएर केही दिनअघि काजसरुवा भएको चर्चा छ । खत्री एक उदाहरण हुन्, अर्थमा अहिले मन्त्रीका निकटहरूले भन्सार र राजस्व कार्यालयमा सरुवाका लागि रकम संकलन अभियान नै संचालन गरेको आरोप छ ।

साभार: साँघु साप्ताहीक 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा