अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

Wasp-1000x520१४ कात्तिक, दार्चुला । अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका–७ धाप बस्ने हरक सिंह ठगुन्नाकी ११ वर्षीया छोरी पुनम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ठगुन्नालाई सोमबार बेलुकी घर नजिकै घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको प्रहरीले जनाएको छ । मृतक ठगुन्नालाई अरिङ्गालले टोक्ने बित्तिकै अस्पताल ल्याइएको भए पनि जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि भारतको पिथौरागढ पठाइएको थियो ।
एघार वर्षीया बालिका ठगुन्नाको आज पिथौरागढ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले बताएका छन् । घाँस काट्ने क्रममा उनीसँगै रहेकी उनकी आमा पार्वती ठगुन्नालाई पनि अरिङ्गालले टोकेको छ । उनकी आमाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने