August 7, 2017

अरबौंको उद्योग विदेशीलाई सुम्पदै

download

 

काठमाडौं । अरबौं लगानीमा स्थापना भएका उद्योगहरू संचालन गर्नेतिर भन्दा कौडीको मूल्यमा बिक्री गर्न लागिएको छ । जब जब कांग्रेस सत्तामा आउ“छ, तब तब पचासौं करोड रुपैया“ लगानीका उद्योग अति कम मूल्यमा बिक्री गर्दैआएको छ । बा“सबारी छाला उद्योग, हरिसिद्धि ईंटा टायल कारखाना, भृकुटी कागज कारखाना निजीकरणका नाममा जसरी माटोको मूल्यमा बिक्री गरिएका थिए, कांग्रेस नेतृत्वको शेरबहादुर देउवा सरकारले नेपाल मेटल उद्योग र ओरेन्ट म्याग्नेसाइड कम्पनी त्यसैगरी विदेशीदेखि ब्यापारीलाई सुम्पन लागेको छ ।
उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले नेपाल मेटल कम्पनी र ओरेन्ट एण्ड म्याग्नेसाईट कम्पनी विदेशीलाई सुम्पने अन्तिम तयारी गरेका छन् । ठूलै आर्थिक चलखेलका आधारमा सचिव कोइरालासहितको समूहले यी उद्योग विदेशीलाई सुम्पन लागेको आरोप छ । सरकारले मेटल र म्याग्नेसाइट दुवै उद्योग संचालन गर्ने नाममा विदेशीदेखि ब्यापारीलाई सुम्पन लागेको छ ।

सरकारले ३५ बर्षअघि २५ करोड रुपैया“ लागतमा स्थापना गरेको नेपाल मेटल कम्पनी विदेशीलाई सुम्पने तयारी गरेको छ । ३५ बर्षअघि सरकारले गरेको २५ करोड रुपैया“ लगानी गरी पूर्वाधार निर्माण गरिसकेको मेटल कम्पनी संचालन गर्नेतिर भन्दा पनि विदेशीलाई सुम्पने खेलमा उद्योग मन्त्रालयका सचिव शंकर कोइराला नै सक्रिय रुपमा लागेको स्रँेतको दावी छ । रसुवामा मेटल कम्पनीको सबै पूर्वाँधार निर्माण भइसकेको छ । उत्पादन गर्न मात्र बा“की छ । करीब ७ सय रोपनी क्षेत्रफलमा मेटल उद्योग निर्माण भएको छ । ३५ बर्षअघि सरकारले गरेको २५ करोड लगानी र ७ सय रोपनी जग्गा कौडीको मूल्यमा विदेशीलाई दिने प्रक्रिया अन्तिम चरणमा पुगेको उद्योग मन्त्रालयका एक अधिकारीले बताए । मेटल कम्पनीमा ७२ प्रतिशत सरकारको सेयर छ । बिडला ग्रुप र खेतान गु्रपको पनि सेयर रहेको मेटल उद्योग चिनिया“ ब्यापारीलाई सुम्पन लागिएको छ । चिनिया“ ब्यापारीको तर्फबाट साउद थरका कानून ब्यवसायीले उद्योग मन्त्रालयका सचिव शंकर कोइरालालाई मिलाउने काम गरिसकेका छन् ।

उद्योग मन्त्रालयले गठन गरेको कमिटीले १ अर्ब ५० करोड रुपैया“मा ५ सय टन मेटल उत्पादन हुने प्रतिवेदन दिएको छ । तर चिनिया“ कम्पनीको मिलेमतोमा ५ सय टन मेटल उत्पादन गर्न ९ अर्ब रुपैयाँ लाग्ने स्टीमेट तयार गरिएको छ । यस्तो स्टीमेट तयार गरेर बढी खर्च हुने कारण देखाई सरकारले उद्योग संचालन गर्न सक्दैन भनी चिनिया“लाई सुम्पन लागिएको स्रोतले बताएको छ । उद्योग मन्त्रालयका सचिव शंकर कोइराला चिनियाहरूको प्रभावमा परिसकेका छन् । उनले मेटल कम्पनीमा सरकारले ३५ बर्षअघि गरेको २५ करोड लगानीको कुनै लेखाजोखा नगरेको बुझिएको छ । ३५ बर्षअघि सरकारले गरेको लगानीलाई अहिले पनि त्यति नै मानी चाइनीजहरूलाई ९ अर्ब रुपैया“मा कम्पनी हडप्ने मौका दिएका छन् ।

उद्योग मन्त्रालयमा मन्त्री नभएको मौका छोपी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवाको आडमा सचिव शंकर कोइरालाले मेटल कम्पनी चिनिया“ कम्पनीलाई सुम्पने प्रक्रिया अन्तिम चरणमा पु¥याएका छन् । चिनिया“ कम्पनीले पूर्वमन्त्री महेश बस्नेतदेखि नविन्द्रराज जोशीसम्मको कार्यकालमा मेटल कम्पनी हत्याउनका लागि प्रयत्न गर्दैआएको थियो । अहिले आएर सचिव कोइरालालाई ठूलै सहयोग लिएर यो प्रक्रिया टुंगोमा पु¥याउन लागेको स्रँेतको दावी छ । मेटल कम्पनी स्थापना गरे पनि अहिलेसम्म संचालन हुन सकेको छैन । उद्योग नचले पनि कार्यालय प्रमुख विष्णुहरि ढुंगेलसहित करीब ३० जना कर्मचारीलाई तलव खुवाएर राखिएको छ ।

त्यस्तै, दोलखामा रहेको अर्को उद्योग ओरेन्ट म्याग्नेसाइट कम्पनी खेतान ग्रुपलाई सुम्पन लागिएको छ । हरेक उद्योग मन्त्री म्याग्नेसाइट उद्योगको निरीक्षण गर्न जाने र छिट्टै संचालन गर्ने आश्वासन दिएर फर्किने गरेका छन् । तर कहिल्यै संचालन भने हुन सकेको छैन । पछिल्लो पटक पूर्वमन्त्री सोमप्रसाद पाण्डे पनि म्याग्नेसाइट कम्पनी रहेको दोलखाको खरिढुंगामा निरीक्षणकालागि गएर छिट्टै उद्योग संचालन गर्ने भाषण गरेर फर्किएका थिए । तर हरेक मन्त्रीले उद्योग चलाउने भने पनि अहिलेसम्म संचालन हुन सकेको छैन ।

पूर्वमन्त्री कर्णबहादुर थापाकै पालादेखि खेतानले म्याग्नेसाइड कम्पनी हत्याउन खोजेका थिए । अहिले आएर खेतान समूहले उक्त उद्योग लिने तयारी अन्तिम चरणमा छ । केही दिनभित्रै सहमति हुने स्रोतले बताएको छ । सरकारको बीसौं करोड लगानी बालुवामा पानी बनाएर खेतानलाई छिटोभन्दा छिटो उद्योग सुम्पेर लाभ लिने खेलमा सचिव कोइराला रातदिन सक्रियरुपमा लागेका छन् । खेतानको तर्फबाट ८० बर्षीय बृद्ध दिनेश भट्टराई १६ बर्षे तन्नेरीझैं बीचौलियाका रुपमा सचिव कोइरालालाई प्रभावमा पार्न खटिएको खबर छ । उनले सचिव कोइरालालाई खुसी पारेर म्याग्नेसाइट उद्योग बिक्री गर्ने निर्णय छिट्टै गराउन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न