अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका शीर्ष नेता मारिए

Qari-Yasin-was-killed-in-an-airstrike-in-Afghanistan-768x455१३ चैत, काठमाडौं । अलकायदाका शीर्ष आतंकवादी नेता कारी यासिन अमेरिकी ड्रोन आक्रमणमा मारिएका छन् । पूर्वी अफगानिस्तानमा १९ मार्चमा भएको आक्रमणमा उनी मारिएको पेन्टागनले जनाएको छ ।

यासीनमाथि थुप्रै आतंकवादी हमलाको षडयन्त्र गरेको आरोप छ । यसैगरी दुई अमेरिकी नागरिकको हत्या गरेको अभियोग पनि उनीमाथि रहेको रोयटर्सले जनाएको छ ।इस्लामावादको मेरियट होटलमा २० डिसेम्बर २००८ मा भएको बम विष्फोटमा यासीनलाई जिम्मेवार ठहर्‍याइएको छ ।

उक्तविष्फोटमाअमेरिकीवायु सेना नौसेनाका दुई जवान मारिएका थिए ।यसैगरी २००९ मा लाहौरमा श्रीलंकाको क्रिकेट टिमलाई बोकेको बसमाथि भएको आक्रमणमा पनि उनको संलग्नता रहेको बताइन्छ । उक्त घटनामा ६ पाकिस्तानी प्रहरी तथा दुई सर्वसाधारणको मृत्यु भएको थियो । हमलामा क्रिकेट टोलीका ६ सदस्यहरु घाइते भएका थिए ।अमेरिकी रक्षामन्त्री जिम मेटिसले भनेका छन्, ‘कारी यासिनको मृत्यु इस्लामलाई बदनाम गर्ने आतंकवादीविरुद्ध कडा कारवाहीको प्रमाण हो ।’निर्दोष व्यक्तिहरुलाई सुनियोजित रुपमा निशाना बनाउने आतंकवादी न्यायको कठघराबाट बच्न नसक्ने उनले बताए । अमेरिकाले विगत चार वर्षदेखि यासीनको खोजी गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल