एजेन्सी, १७ फागुन । अमेरिका र तालिवानबीच आज एक महत्वपूर्ण शान्ति सम्झौता हुन गइरहेको छ । लामो समयपछिको वार्तापछि दुबै पक्षले शान्ति सम्झौतामा हस्ताक्षर गर्न गइरहेका छन् ।
कतारको राजधानी दोहामा २ वर्षदेखि जारी वार्तापछि अमेरिका र तालिवानबीच शान्ति सम्झौता हुन लागेको हो । दोहाको शेराटन होटेलमा शान्ति सम्झौतामा हस्ताक्षर हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
शान्ति सम्झौता हस्ताक्षर समारोहमा अमेरिका, अफगानिस्तान, भारत, पाकिस्तानसहित केही राष्ट्रका कुटनीतिज्ञहरू शेराटन होटेलमा पुगिसकेका छन् ।
समाचार अनुसार आज (शनिबार) दिउँसो ४ः४५ बजे शान्ति सम्झौतामा हस्ताक्षर हुनेछ । अमेरिकाले हिंसा न्यूनीकरणका लागि गरेको एक सहमतिपछि शान्ति सम्झौता हुन लागेको हो ।
सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको १९ वर्षछि तालिवान र अमेरिकाले शान्ति सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छन् । शान्ति सहमतिमपछि अफगानिस्तानमा जारी युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ ।
तर पछिल्लो समय तालिवान लडाकुले अफगानिस्तानमा अमेरिकाको नेतृत्वमा तैनाथ गठबन्धन फौज र अफगान सुरक्षाबलमाथि तीव्र रुपमा हमला गर्दै आइरहेका छन् ।
गत हप्ता तालिवानको आक्रमणमा परी १९ जना सुरक्षाकर्मी र ४ जना सर्वसाधारणको ज्यान गएको थियो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।