April 4, 2017

अमेरिकाले एक्लै उत्तर कोरियालाई तह लगाउने

पोटोम्याक फल्स (अमेरिका):

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले उत्तर कोरियालाई परमाणु कार्यक्रम नरोकेमा अमेरिका एक्लैले रोक्‍ने चेतावनी दिएका छन् । फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘चिनियाँ राष्ट्रपति सी जीङ पिङको आगामी अमेरिका भ्रमणका बेला उत्तर कोरिया बारेको मुद्दामा बहस हुनेछ ।’आजको अन्नपूर्ण पोष्टमा खबर छ।
साउथ फ्लोरिडामा सीलाई आगामी बिहीबार ट्रम्पले स्वागत गर्दै छन् । बृहस्पतिवार र शुक्रवार हुने बैठकमा सी र ट्रम्पबीच उत्तर कोरिया, व्यापार र दक्षिण चीन सागरमा उत्पन्न क्षेत्रीय विवाद समेत कैयौं मुद्दामा छलफल हुने बाइएको छ । यसका साथै उनले उत्तर कोरियामाथि चीनको विशेष प्रभाव रहेको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘चीनले उत्तर कोरियालाई सम्झाउनुपर्छ, नत्र अमेरिका उत्तर कोरियाविरुद्ध एक्लै पनि कारबाही गर्न तयार हुन्छ ।’

ट्रम्पले चेतावनी दिँदै भने, ‘चीनले यस बारेमा हाम्रा लागि चीनले मद्दत गरेमा राम्रो हुनेछ तर नगरेमा कसैका लागि पनि राम्रो हुने छैन ।’ चीनको सहयोग नभएमा के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफू विगतको अमेरिका जस्तो नभएर एक्लै केही गर्न सक्ने बताए । विगतमा अमेरिकाले पश्चिम एसियामा यस्तो गर्नेछु उस्तो गर्नेछु भनेजस्तो आफूले हल्ला नगर्ने उनको भनाइ थियो ।

यस्तै अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार उत्तर कोरिया अमेरिकाको लागि सबैभन्दा खतरा भएको ट्रम्पको भनाइ छ । यसअघि पूर्वराष्ट्रपति बाराक ओबामाले पनि उत्तर कोरिया अमेरिकाका लागि बाधक रहेको बताउँदै आएका थिए ।ह्वाइट हाउसका उपराष्ट्रिय सुरक्षा सल्लाहकार केटी म्‍याक फ्यालेन्डले समेत फाइनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिँदै अमेरिका उत्तर कोरियामा परमाणु हमला गर्न सक्षम रहेको बताएका छन् ।
सरकार परिवर्तन सम्भव छैन: उत्तर कोरिया
प्योङयाङ : उत्तर कोरियाको सरकारी केन्द्रीय समाचार संस्था (कोरियन सेन्ट्रल न्युज एजेन्सी) ले अमेरिकी दैनिक ‘द वाल स्ट्रिट जर्नल’ द्वारा प्योङयाङको आणविक कार्यक्रम विकास नियन्त्रणका लागि अमेरिकाले सत्तापलट गर्ने भनाइको खण्डन गरेको छ ।
न्युज एजेन्सीले मार्च २७ मा उत्तर कोरियामा नेतृत्व परिवर्तन गर्न र आणविक कार्यक्रम नियन्त्रण गर्न अमेरिकी पत्रिकाद्वारा दिएको नीतिगत सुझाव ‘नालायक’ भएको जनाएको छ । उत्तर कोरियाले यस भनाइलाई अर्थहीन कुराका रूपमा लिएको बताउँदै प्योङयाङको आणविक बलसहितको सैनिक शक्ति लेबर पार्टीको केन्द्रविन्दु भएको भन्दै सबै उत्तर कोरियाली जनता यसमा एकताबद्ध रहेको समाचार संस्थाले जनाएको छ ।
यो वास्तविकतालाई अमेरिकाले बुझ्न नसकेको बताउँदै यसैकारण अमेरिकाले विगत केही दशकमा सैनिक असफलता बेहोर्नु परेको प्योङयाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल