अमेरिकालाई कोरियाको कडा चेतावनी

२८ भदौ, एजेन्सी : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ प्रतिबन्ध लगाएपछि उत्तर कोरियाले अमेरिकालाई अहिलेसम्मकै कडा चेतावनी दिएको छ । उत्तर कोरियाले अमेरिकालाई अकल्पनीय क्षति पुर्याउने चेतावनी दिएको छ ।

Donald-Trump-Kim-Jong-un

सुरक्षा परिषदले हालै अमेरिकी प्रस्तावमा उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय पारित गरेको थियो । तेल निर्यात रोकेर हतियार खरिदका लागि समस्यामा पार्न उत्तर कोरियाविरुद्ध नयाँ प्रतिवन्धको घोषणा गरिएको छ ।

यसै महिना उत्तर कोरियाले हाइड्रोजन बमको सफल परीक्षण गरेपछि त्यसैको जवाफस्वरुप राष्ट्रसंघले यो प्रतिबन्ध लगाएको हो । राष्ट्रसंघका लागि उत्तर कोरियाका प्रतिनिधि हान ताय सोङले प्रतिबन्ध अवैध भएको बताएका छन् ।

जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको एक सम्मेलनमा सोङले भने, ‘उत्तर कोरियाले अब जे गर्दैछ त्यसले अमेरिकालाई ठूलो क्षति पुग्नेछ, जुन यसअघि कहिल्यै भएको थिएन ।’ संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले भने लगातार परमाणु हतियार परीक्षण गर्दै आएको छ ।

पछिल्लो समय उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने ब्यालेष्टिक मिसाइल परिक्षण र जापानी आकाशमा क्षेप्यास्त्र प्रहार गरेपछि ठूला शक्ति राष्ट्रहरुमा त्रास फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण