अमेरिकामा नेपालीको सम्बन्ध विच्छेद बढ्दो : सुन्दर सपना बोकेका दम्पती किन डिभोर्स गर्छन् ?

Divorceवासिङटन, १५ फागुन ।  सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयाैं दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ । नवदम्पतीदेखि बच्चा भइसकेकाहरूसम्म पनि सम्बन्ध विच्छेद भएका घटनाहरू त्यहाँ देख्न सकिन्छ । यसरी सम्बन्ध विच्छेद गरी बसेकाहरूमा बच्चाको रेखदेख कसले गर्ने भन्ने विषयमा समेत मुद्दा पर्ने गरेको छ । त्यसको वारेसनामा लिनका लागि दूतावास आउनेहरूको संख्या पछिल्लो समय वृद्धि भएको छ ।

केही वर्षयता सम्बन्ध विच्छेदको घटना हवात्तै बढेको दूतावास अधिकारीहरू बताउँछन् । केही वर्षअघिसम्म महिनाको एक दुईजना देखिएकोमा अहिले महिनाको १० दम्पतीको वारेसनामा बनेका छन् । अघिल्लो वर्ष २०१६ मा ५३ दम्पतीले वारेसनामा लिएको देखिन्छ । कतिपय नेपाल आएको समयमा यही सम्बन्ध विच्छेद गरेर जाने हुनाले त्यसको तथ्यांक दूतावाससँग नहुने जानकारी दूतावास अधिकारीले दिए । २०१७ को आरम्भमा नै ११ दम्पतीले त्यस्तो वारेसनामा लिइसकेका अधिकारीहरूले बताए ।

‘हामीले वारेसनामाका लागि प्रमाणित गर्ने हो । यो राजदूत आफैंले गर्नुहुन्छ । वारेसनामा राजदूतबाहेक अन्यले दिन पाउँदैन,’ दूतावास प्रवक्ता जीवनप्रकाश श्रेष्ठले कान्तिपुरसँग भने, ‘पछिल्लो समय महिनाको ५ जना एभरेजमा पर्ने गरेका छन् । दूतावासले वारेसनामा दिने गरेको हो सम्बन्ध विच्छेद भए कि भएनन् हामीलाई जानकारी हुँदैन ।’ दूतावास वासिङटनमा रहेकाले त्यहाँ नै आउनुपर्ने भएकाले साढे ६ घण्टासम्मको प्लेन यात्रा गरी वारेसनामा राख्न त्यहाँ आउने गरेका छन् । अवैतानिक दूतले त्यस्तो वारेसनामा दिन पाउँदैनन् । यति धेरै नेपाली विदेशमा रहन्छन् र यस्तो अवस्था आउँछ भन्ने अवधारणा २००२ को मुलुकी ऐनमा नहुनाले पनि पुरानै अवस्थामा यो चलेको हो ।

अमेरिकास्थित नेपाली दूतावासमा रहेका तथ्यांक केलाउँदा मासिक दुईदेखि १० दम्पतीले सम्बन्ध विच्छेद गरेको पाइन्छ । वार्षिक एभरेजमा नै पनि यो धेरै हुनेछ । अमेरिका आएपछि काममा व्यस्तता र नेपालको जस्तो परिवारिक माहोल कम हुनाले पनि त्यस्तो अवस्था निम्तिएको हुन सक्ने दूतावास अधिकारीहरूको अनुभव छ । कतिको चाहना र प्राथमिकता नै फेरिने गर्दा पनि समस्या परेको हुन सक्छ । काम पाउने प्रकृतिले पनि कमाइ र चाहनाहरू फरक हुने हुँदा पनि यस्तो अवस्था निम्तिएको गुनासो सम्बन्ध विच्छेदका लागि वारेसनामा लिन आउनेहरूले बताउने गरेका छन् ।

खासगरी बच्चासहित अमेरिका बस्ने नेपालीहरू दिउँसोमा श्रीमती काममा जाने र श्रीमान्ले बच्चा हेर्ने, रातिमा श्रीमान् काममा जाने र श्रीमती बच्चाको साथमा रहने अवस्था धेरैको छ । अनि बिदाको प्रकृति पनि फरक हुने हुँदा पारिवारिक माहोल कम हुँदा पनि त्यस्तो अवस्था निम्तिएको हुन सक्ने दूतावासका पुराना कर्मचारीले सुनाए । धेरै कम नेपालीले ‘हवाइट कलर’ जागिर खान्छन् । यसरी हवाइट कलर अर्थात् माथिल्लो स्तरका जागिरेहरूको बिदा पनि शनिबार र आइतबार नै भएकाले प्रयाप्त समय हुने घुमफिर मनोरन्जन सबै हुने हुँदा त्यस्तो समस्या कम आउने गरेको छ । तर अन्यमा यस्तो समस्या धेरै आउने गरेको छ ।

अहिले अमेरिकामा करिब तीन लाख नेपाली रहेको अनुमान छ । तर यति नै छन् भन्ने तथ्यांक आफूहरूसँग नरहेको दूतावासले जनाएको छ । कतिपयले त्यो भन्दा पनि बढी हुन सक्ने बताउँछन् । त्यहाँ रहेका व्यापारमा जमेका नेपालीहरूले पनि यस्तो अवस्थाप्रति चिन्ता देखाउँदै भन्छन्, कतिपय नेपालीहरू अमेरिका प्रवेश गरेपछि चाहना र आकांक्षा वृद्धि हुँदा नै यस्तो अवस्थामा पुगेका हुन् । कतिपयले नक्कली दम्पती तर सक्कली विवाह गरेरसमेत आउने हुनाले सम्बन्ध विच्छेदका लागि वारेस लिने गरेका हुन सक्छन् । तर, त्यो प्रमाणित हुँदैन त्यसलाई पनि साँच्चै सम्बन्ध विच्छेद भन्ने गरिएकाले संख्या बढेको हो । श्रीमान् अमेरिका र श्रीमती नेपालमा वा श्रीमती अमेरिका श्रीमान् नेपालमा हुनेहरूको पनि सम्बन्ध विच्छेदको वारेस आएको उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द