अब शेरबहादुर देउवाको पनि ओलीको जस्तै हालत हुन्छ : चित्रबहादुर केसी

    ५ पुष २०७८, सोमबार  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी नेपाली जनताले नचाहेको स्पष्ट पारेका छन् । उनले आफूहरु पाँच दलीय सत्तारुढ गठबन्धनमा सामेल भएको त प्रतिगमनको विरुद्धमा लड्न भएको उल्लेख गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली वहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसी पास गराउनको लागि विगतमा केपी शर्मा ओलीले पनि प्रयास गरेको सुनाए । धमलासँगको कुराकानीमा उनले भने–‘पहिले खड्गप्रसाद ओलीले नै हो नि एमसीसी पास गरेर अमेरिकी साम्राज्यवादको आर्शीवाद लिन खोजेको त । उनी असफल भए त । अब शेरबहादुर देउवाको पनि हालत ओलीको जस्तै हुन्छ ।’ प्रस्तुत छ अध्यक्ष केसीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अ

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्नुपर्यो भनेर भनिरहनुभएको छ अनि तपाईँहरुले किन असहयोग गरेको ?

एमसीसी नेपाल र नेपाली जनताको हितमा छैन् । यसलाई त राष्ट्रघातीले पो हो त सहयोग गर्ने अनि पास गर्ने, राष्ट्रिय जनमोर्चा त देशभक्ति शक्ति हो नि। साम्राज्यवादको उसले दलाली कहिल्यैपनि गर्दैन् । त्यसो भएको हुनाले राष्ट्रिय जनमोर्चाले विरोध गर्छ ।

तपाईँहरु पनि सत्ता गठबन्धनमा हुनुहुन्छ, अनि तपाईँहरुले विरोध गर्दा राम्रो मेसेज गएन नि ?

गठबन्धनमा हुनु भनेको साम्राज्यवादको एजेण्डा बोकेर देशलाई बेच्नको लागि हो र ? गठबन्धनमा सामेल भएको त प्रतिगमनको विरुद्धमा लड्न हो नि।

तर, अहिले नेताहरुले पनि एमसीसी भनेको अहिलेको आवश्यकत्ता हो भनिरहेका छन्, प्रधानमन्त्रीदेखि सञ्चारमन्त्रीसम्म एमसीसी पास गर्न ढिलो नगरौं भन्नुभएको छ नि ? अमेरिकालाई चिढ्याउन हुँदैन्, नेपालको विकासमा अमेरिकाको ठूलो हात छ भनेर उहाँहरुले भन्नुभएको छ नि ?

भारतलाई नचिढ्याउँदाखेरि महाकाली सन्धिलगायतका अपर देशका जलस्रोत सबै बेचे यी राष्ट्रघातीहरुले, अब अमेरिकी साम्राज्यवादको गुलामी गरेर आफ्नो सत्ता र शक्तिमा बस्नको लागि चाहीँ दलाली गरिराखेका छन् । नेपाली जनताले यी दलालहरुलाई चिनिसकेका छन् । त्यसो भएको हुनाले कुनैपनि हालतमा एमसीसी पारित गर्ने कुरा मान्य हुँदैन् । राष्ट्रिय जनमोर्चा एमसीसी पास गर्ने कुरामा सहमत हुँदैन् ।

त्यसो भए अहिलेको अवस्थामा तपाईँहरु एमसीसी पास गर्न सहयोग गर्नुहुन्न ?

अहिलेको बखतमा मात्रै होईन, भोलिको बखतमा पनि हाम्रो एमसीसीमा सहयोग हुँदैन्।

होईन, प्रधानमन्त्रीले आग्रह गर्नुभयो भने पारित गराउन सहयोग नगर्ने ?

ओहो, प्रधानमन्त्रीले त आाग्रह–महाकाली चाहीँ भारतलाई बुझाए, अपर कर्णाली बुझाए, अरु पनि कति बुझाए, कतिपय जलस्रोतहरु बुझाए, नेपालका प्राकृतिक साधन र स्रोतहरु विदेशीलाई बुझाउने, यहाँको श्रम शक्ति जति सबै अरबको खाँडीमा पुर्याउने, यस्तो लाईसेन्स चाहीँ यिनीहरुलाई नेपाली जनताले दिएका होईनन् । हाम्रो गठबन्धन चाहीँ प्रतिगमनको विरुद्धमा लड्न हो। अरु राष्ट्रघाती काम गर्नको लागि राष्ट्रिय जनमोर्चाले सहयोग र समर्थन गर्दैन् ।

एमसीसी पास गर्नेगरि भोलिको दिनमा प्रधानमन्त्रीले संसद्मा टेबुल गर्नुभयो भने तपाईँहरु के गर्नुहुन्छ ?

हेर्नुपर्यो नि, के गर्छ भनेर ? हेर्नुपर्छ । पहिला त्यहाँ पेश गर्न दिनुपर्छ। पहिले खड्गप्रसाद ओलीले नै हो नि एमसीसी पास गरेर अमेरिकी साम्राज्यवादको आर्शीवाद लिन खोजेको त । उनी असफल भए त । अब शेरबहादुर देउवाको पनि हालत ओलीको जस्तै हुन्छ ।

तपाईँलाई थाहा छ कि अब एमसीसी पास गराउनको लागि प्रचण्डले प्रधानमन्त्री देउवालाई साथ दिँदै हुनुहुन्छ?

प्रचण्डले के भन्छन् ? माधवले के भन्छन् ? शेरबहादुरले के भन्छन् ? कमल थापाले के भन्छन् ? राष्ट्रिय जनमोर्चाले नेपाली जनता र देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको सौदावाजी गरेर सत्ता र शक्तिको रजाँई गर्दैन् । अमेरिकी साम्राज्यवादको जुन षड्यन्त्र जोडदार रुपमा बढिरहेको छ, यसबारेमा नेपाली जनताले चनाखो भएर हेरेका छन् । एमसीसीको बारेमा जनमोर्चाले सडक र सदनमा विरोध गर्छ ।

होईन, एमसीसीबारे अध्ययन गर्नको लागि कार्यदल गठन भएको छ, यसले पनि पास गराउन आग्रह गर्ला ? त्यतिवेला तपाईँहरुले के गर्ने ?

गर्ला, पहिला पनि झलनाथ खनालको नेतृत्वमा नेकपामा कार्यदल गठन गरेको थियो । त्यो कार्यदलले पनि कतिपय कुरा संशोधन गर्नुपर्छ भनेर प्रतिवेदन बाहिर ल्याएको थियो । त्यो त अमेरिकीहरुलाई मान्य छैन । एमसीसी संशोधन गरेर अघि बढाउन अमेरिकीलाई मान्य छैन्। त्यसो भएको हुनाले त्यो कार्यदलको औचित्य नै छैन् । जनतालाई झुक्याउन, भुलाउन यदि कसैले षड्यन्त्र गर्छ भने नेपाली जनताबाट उसले माफी पाउँदैन् ।

होईन, तपाईँहरु सधैं किन विरोध गर्नुहुन्छ ?

त्यो कार्यदलले यो एमसीसी नेपाल र नेपालीहरुको हितमा छैन, यो चाहीँ खारेज हुनुपर्छ, यसलाई स्विकार गर्नुहुन्न, एमसीसीका मतियारहरुलाई नेपाली जनताले कारबाही गर्नुपर्छ भन्ने प्रतिवेदन दिनुपर्छ । त्यो मान्य हुन्छ । र, कुनैपनि बहानामा र कुनैपनि हालतमा यो नाटक गरेर अमेरिकी साम्राज्यवादको पासो नेपाली जनताको घाँटीमा बेर्न पाईँदैन् ।

एमालेले एमसीसी पास गराउन सघाउने र ओली र देउवा मिलेर अबको निर्वाचन गराउनेसम्मको कुरा पनि आएको छ नि ?

अब ती कल्पनाको कुरा हुन् । अर्को साल स्थानीय तहको निर्वाचन र आम निर्वाचन नभएको भए यिनले पास गरिसक्दथे । अब चुनाव नजिकिँदै गरेकोले यिनीहरुलाई पास गराउनको लागि महाभारत छ । अमेरिकालाई देखाउन चाहीँ अलि अलि नाटक चाहीँ गर्न सक्छन् । नेपाली जनताको लागि कुनैपनि हालतमा एमसीसी मान्य छैन् । यसलाई खारेज गर्नुपर्छ ।

तपाईँ एमसीसी पनि खारेज गर्ने पक्षमा, अनि संघीयता पनि खारेज गर्ने पक्षमा, जहिल्यैपनि तपाईँ किन यस्तो विरोध गर्नुहुन्छ ? संविधानमा जनताले पाएको हक र अधिकार कुण्ठित गर्ने अवस्थामा पुग्नुभयो ?

संघीयताले त देश टाट पल्टायो । ८७ जना त मन्त्री मात्रै भए प्रदेशमा । खरबौं खरबौं ऋण विदेशबाट काढेर मन्त्री पाल्ने काम भयो ? संघीयताले चाहीँ यति छिटो नै आफ्नो कुरुपता देखायो । संघीयता त धराशयी भैसक्यो । पहिलो शर्त त संघीयता त खारेजी हुनुपर्छ । दोस्रो कुरा एमसीसी पनि खारेज गर्नुपर्छ । संघीयताबारे नेपाली जनताले थाहा पाईसकेका छन् । नेपाली जनतालाई संघीयता र एमसीसी दुवै मान्य छैन् । हाम्रो पार्टी एमसीसीको पक्षमा कुनैपनि हालतमा छैन् ।जीत नेपाली जनताको हुन्छ ।                         coppied by reportsclub.com

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।