April 3, 2017

रहेनन् नयाँ शक्तिका सहसंयोजक कर्मोचा

चैत २१, काठमाडौं – स्थापनाको एक बर्ष नपुग्दै बाबुराम भट्टराई नेतृत्व  नयाँ शक्तिका सहसंयोजक कर्मोचाले पार्टी परित्याग गरेका छन् । सहसंयोजक महेश कर्मोचसहित ३ जना केन्द्रीय नेता र २७ जना  सामन्य कार्यकर्ताले आइतबार एकैपटक नयाँ शक्ति छाडेका छन् । नयाँ शक्तिका कर्मोचा सहित ३० कार्यकर्ता  विजय गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् ।

ओखलढुंगाबाट राजनैतिक जीवन शुरु गरेका कर्मोचाले टीमुरबोटे काण्डमा खेलेको भुमिकाबाट चर्चामा आएतापनि उनि विगत देखि नै बैचारिक रुपमा अस्थिर र असन्तुलन रहेका कारण उनिभन्दा धेरै जुनियर कार्यकर्ताहरुले उनलाई उछिनेर मन्त्री भएका थिए । कर्मोचालाई विगतको उनको पार्टी नेपाली कांग्रेसले विस्वास नगरेका कारण जीवनको यो उत्तरार्धमा नयाँ शक्तीमा प्रवेश गरि सोचेभन्दा ठुलो पदमा पदासिन त भए उनलाई त्यो पदमा राख्नु नहुने, त्यो पद त के केन्द्रिय समितिमा पनि राख्ने हैसियत छैन तुरुन्त हटाउ भनेर डा. बाबुराम लाई प्रेसर परेको मात्र नभई उनिलाई नयाँ शक्तिमा ल्याएकोमा धेरै नेता कार्यकर्ता समेत रुष्ट भएको थिए तर बाबुरामले समाबेसी भन्दै बचाउ गरेका थिए ।
क्यान्सर पीडीत कर्मोचामा नयाँ शक्ति नयाँ पार्टी भएको कारण तत्काल कुनै व्यक्तिगत लाभ लिन नसकिने भएकोले जीवनको अन्तिम घडीमा व्यक्तिगत लाभ हुने पार्टीमा भित्रिएर विगतमा नपाएको लाभ लिने अभिलाषा केहिदिन देखि पलाएको र अन्तत विजय गच्छदार पनि कांग्रेसमै जाने मनस्थितिमा रहेको बुझेपछि उनि गच्छादारको पार्टीमा प्रवेश गरेको स्रोतको दावी छ । उनिसँग गएका सवैको ग्रउण्डमा जिरो सर्मथक भएको र अव लोकतान्त्रिक विधिवाट चुनिनुपर्ने बाध्यता नयाँ शक्तिमा भएको कारणपनि यो हैसियत आगामी दिनमा नपाईने भएकोले सानो अबसरवादीको झुण्ड लिएर  कर्मोचाको बहिर्गमन फोहोर लाई कुचाले बढार्नुपर्ने फोहोर हावाले उढाएको एक नयाँ शक्तिका कार्यकर्ताको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी