अब मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ तिर्नुपर्ने

मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल मुक्तिनाथ  दर्शनमा नेपालीलाई पनि शुल्क लाग्ने भएको हो । 

सरकारले १०० रुपैयाँ शुल्क निर्धारण गरी राजपत्रमा सूचना प्रकाशन गरेको थियो । यो सूचनाले अन्नपूर्ण संरक्षण क्षेत्रका साथै मनास्लु, गौरीशंकर संरक्षण क्षेत्रकमा प्रवेश गर्न आन्तरिक पर्यटकले पनि प्रवेश शुल्क बुझाउनुपर्नेछ । अहिलेसम्म संरक्षण क्षेत्रमा जान नेपालीलाई शुल्क लाग्दैनथ्यो । अब शुल्क नबुझाई उक्त क्षेत्रमा प्रवेश गरे प्रवेश शुल्कका दोब्बर जरिवाना लाग्नेछ। 

ए भृकुटीमण्डपस्थित एक्याप काठमाडौंको इन्ट्री परमिट काउन्टर, लमजुङको बेसीशहर र पोखराको ड्यामसाइडस्थित इन्ट्री परमिट काउन्टरबाट प्रवेश अनुमति लिने व्यवस्था मिलाइएको छ । यी काउन्टरबाट अनुमति लिए १०० रुपैयाँ मात्रै दस्तुर लाग्ने जनाइएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण