February 1, 2020

अब टुँडिखेल बृहत बन्ने, सरकारले अघि सार्‍यो यस्तो योजना

काठमाडौंको मुख्य भागमा अवस्थित टुँडिखेलको संरक्षण र विकासका लागि सरकारले ‘बृहत्तर टुँडिखेल गुरुयोजना’ अघि सारेको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

सरकारको अहिलेको योजनाअनुसार काम भएमा अहिलेको टुँडिखेल क्षेत्र बृहत् हराभरा र अन्तर्राष्ट्रियस्तरमा नै चिनाउन लायक बन्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको रानीपोखरी, टुँडिखेल, रंगशालालगायत क्षेत्रलाई समेटेर बृहत् गुरुयोजनाको कार्य अघि सारेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले रानीपोखरी, रत्नपार्क, खुल्लामञ्च, टुँडिखेल, शहीदगेट, दशरथ रंगशाला, भृकुटी मण्डपलगायत भागलाई समावेश गरी बृहत् गुरुयोजना बनाइरहेको जानकारी दिए । ‘यसबारेमा सम्बन्धित पक्षसँग परामर्श जारी छ, सबै पक्षबीच सहमति जुटेपछि यसलाई अन्तिम रूप दिनेछौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण