अब कसैको दास र कम्लरी बन्न चाहँदैनौं : सभासद चौधरी

Ganga-Tharu-2भैरहवा, ११ चैत । नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा सभासद गंगा चौधरीले सांसद् गंगा चौधरीले उत्पीडित वर्ग समुदायका मानिसलाई जबसम्म संविधानले सम्मान गर्न सक्दैन तबसम्म यो देशमा समृद्धि सम्भव नहुने बताएकी छिन् ।

शुक्रबार भैरहवामा आयोजित हिमाल, पहाड, तराई र मधेस राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उनले अझै पनि शासकहरुले दास र कम्लरी बनाउन खोजेकोप्रति कडा टिप्पणी गरिन् । उनले भनिन्, ‘हामी २१ औं शताब्दीको नागरिक हौं, हामी अब कसैको दास र कम्लरी बन्न चाहँदैनौं, त्यसैकोविरुद्ध मधेश थरुहठ आन्दोलनको उठान भएको हो ।’

उनले उत्पीडनमा परेका वर्गको अधिकारका लागि लड्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ शक्तिले त्यसैका लागि लड्ने बताइन् । अहिले देशमा चलिरहेको अन्धराष्ट्रवादप्रति कटाक्ष गर्दै उनले भनिन्, ‘खोक्रो राष्ट्रवादको नारा लिएर हिंडेका सिक्किममा जन्मिएका व्यक्ति राष्ट्रवादी हुने तर, यो देशमै जन्मिएर जमिनको रक्षा गर्ने कसरी राष्ट्रविरोधी हुन्छ ?,’ उनले प्रश्न गरिन् ।

यसैगरी दलित शक्ति नेपालका संयोजक सुशिला सिपाइलले राष्ट्रियताको नाममा नेपालमा रहेका मधेसी समुदायलाई नदेख्ने व्यवहारले नेपालको समृद्धि होइन, बरु विखण्डनतिर लैजाने बताए ।
उनले अधिकार र पहिचान दिने नाममा कुनै समुदायले पाउँछ, अर्कोले पाउँदैन भनेर विभेद गरेर समृद्ध नेपाल बन्न नसक्ने बताए

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू