अबकोअर्थमन्त्री  को ? दौडधुपमा काजी देखि पौडेलसम्म  !

artha-mantri-cover

काठमाडौं, १९ भदौृ। राष्ट्रिय सभा सदस्यमा नेकपाबा उपाध्यक्ष वामदेव गौतमलाई बनाउने नेकपाको सचिवालय बैठकले निर्णय गरेपछि भोलीदेखि अर्थमन्त्री पद रिक्त हुने भएको छ ।

साढे २ वर्षसम्म विना कुनै राजनीतिक त्याग अर्थमन्त्रालयमा रजगज गरेका खतिवडाको कार्यकाल अब सकिएको छ । योसँगै अब अर्थमन्त्री को होला भन्ने चर्चा शुरु भएको छ । विद्यमान कानुनी व्यवस्था अनुसार गौतम यदि राष्ट्रिय सभाको सदस्य बनिहाले भनेपनि मन्त्रि बन्न सहज छैन ।
नेपालको संविधान २०७२ ले उनको मन्त्री बन्ने अभिलाशामा समेत तगारो राखिदिएको छ ।
संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुनेसम्बन्धी उक्त धाराको उपधारा ४ मा लेखिएको छ– प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन।’

त्यसो त गौतम अर्थमन्त्री बन्न नसके विष्णु पौडेल अर्थ मन्त्री बन्ने प्रबल संभावना छ । यद्धपी बालुवाटार जग्गा प्रकारणमा उन्मुक्ति पाएका उनलाई भूमि सुधार मन्त्री बनाउनुपर्ने भन्दै सामाजिक संजालमा व्यंग्य हुन थालेको छ ।

यद्धपी प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्त निकट व्यक्ति भएका कारण पौडेलको संभावना बलियो छ ।
अर्थमन्त्री बन्ने दौडमा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि छन् । उनले आफूले पनि अर्थशास्त्रमा मास्टर गरेको हुँ भन्दै हिँड्न थालेका छन् ।

पूर्व मन्त्री सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्ने नेकपा भित्र आम कार्यकर्ताको माग छ । यद्धपी उनीमाथि माधव नेपाल समुहमा लागेको आरोप छ । सोही कारण उनको संभावना कम रहेको आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल