October 18, 2017

अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए

 कार्तिक १ : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन् । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा बुधबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो ।

आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएका रजाकले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ । यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ । उनीहरु लुकेर बसेको आश्रयस्थलमा यो कारबाही भएको थियो ।

यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतङ्क मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण