अफगानिस्तानमा शक्तिशाली बम बिष्फोट

Afghanistan-Blast-450x350१७ जेठ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अति संवेदनशील कूटनीतिक क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा परि मृत्यु हुनेको संख्या ८० पुगेको छ । घटनामा कम्तिमा ३ सय ५० जना घाइते भएका छन् ।

 

राष्ट्रपति भवन नजिकै, कुटनीतिक नियोगका कार्यालयहरु रहने स्थानमा बिहानको ब्यस्त समयमा बमहरुले भरिएको एउटा कार बिष्फोट गराइएको काबुलका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बिष्फोट जर्मन दूतावासनजिकै गराइएको थियो । त्यस क्षेत्रका सबैजसो भौतिक संरचनामा बिष्फोटले क्षति पुर्‍याएको बताइएको छ । बिष्फोटस्थलबाट डेढ किलोमिटर टाढा रहेको भारतीय दूतावासमा समेत क्षति पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तालीवानले बिष्फोटको जिम्मेबारी लिन अस्वीकार गरेको छ भने इस्लामिक स्टेटका तर्फबाट घटनाबारे कुनै प्रतिक्रिया आएको छैन ।

दुर्घटनामा धेरैजसो अफगानी नागरिक मारिएका छन् । त्यस्तै बिदेशी कूटनीतिक नियोगका कर्मचारीहरु पनि बिष्फोटमा परेको बताइएको छ । तर अहिलेसम्म कुन देशका कति नागरिक हताहती भएको विवरण आइसकेको छैन ।

जर्मन बिदेशमन्त्री सिगमार ग्याबि्रयलले दूतावासका कर्मचारीहरु घाइते भएको र एकजना अफगानी सुरक्षागार्डको मृत्यु भएको पुष्टि गरेका छन् । फ्रान्सेली अधिकारीले पनि आफ्नो दूतावासमा ठूलो क्षति पुगेको तर कूटनीतिज्ञहरुको हताहतीबारे जानकारी नभएको बताएका छन् ।

बेलायती र भारतीय अधिकारीहरुले आफ्ना कूटनीतिज्ञहरु सुरक्षित रहेको जनाएको छ । त्यस्तै जापानले आफ्ना दुई कूटनीतिज्ञ घाइते भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी