अप्रेशन गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा

2035375651csबच्चा जन्माउँदा गरिने ‘सीजरियन सेक्सन डेलिभरी’ (अप्रेशन गरी बच्चा जन्माउने) लाई लिएर विभिन्न्न भ्रम सुन्न पाइन्छ, । प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा शितल अग्रवालका अनुसार सीजरियन सेक्सनको भ्रम र वास्तविकता यस्ता छन् :

१‍. पहिलो बच्चा जन्माउँदा अप्रेशन गरिएको छ भने दोस्रो बच्चा जन्माउनका लागि तीन वर्षको अन्तर राख्नु राम्रो हुन्छ । तीन वर्ष भन्दा कम अन्तरमा बच्चा जन्माउँदा फेरि अप्रेशन गर्नुपर्ने अवस्था आयो भने त्यसले खतरा बढाउँछ।

२. अप्रेशन गरी बच्चा जन्माएका महिला पहिलो ४० दिन भित्र कुनै शारीरिक गतिविधि नगर्न वा ६ महिनासम्म जिम जान नहुने साझा मान्यता छ । तर यो केबल मिथ्या मात्र हो । सामान्य शारीरिक गतिविधि गर्दा त्यसले शरिरलाई सशक्त बनाउँछ । सामान्य हिडडुल गर्न सकिन्छ तर पहिलो ४० दिन भित्र धेरे गहौं सामाग्री उचाल्नु हुँदैन।

३. अप्रेशन पछि केही आमाहरुमा तत्काल स्तनपान गराउनु हुँदैन भन्ने मान्यता छ । अप्रेशन लगत्तै वा सोही दिनदेखि स्तनपान गराउँदा कुनै असर पर्दैन।

४. अप्रेशन गरेको भोलिपल्ट अर्ध तरल पौष्टिक भोजन ग्रहण आग्रह गरिन्छ । चिल्लोयुक्त तरल पर्दाथ खानु हुँदैन । तेस्रो दिनदेखि आइरन र फाइबरयुक्त तरल खानेकुरा खान सकिन्छ । ताजा फलफुल, सागसब्जी, खानुपर्छ । डिहाइड्रेसनबाट बच्न पानी वा तरल पदार्थ प्रशस्त खानुपर्छ । सन्तुलित पोषण खानुपर्छ जसले अनावश्यक रुपमा तौल बढ्न दिदैन।

५. डेलिभरीपछि आफ्नो र शिशु दुबैको स्वास्थ्यमा ख्याल गर्नुपर्छ । आफूलाई चिसो र एलर्जीबाट बचाउनु पर्छ । हाच्छिँउ आउँदा शल्यक्रिया गरेको स्थानमा असर पर्नसक्छ । अप्रेशन गरेको केही दिन एकदमै सिधा वा तन्किएर उभिनु हुँदैन । कोल्टे फेर्नु पर्दा पनि परिवारका सदस्यको सहयोग लिनुपर्छ । धेरै आराम र प्रर्याप्त मात्रामा सुत्ने गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी