काठमाडौँ, २२ कात्तिक । व्यक्ति हत्याको १० बर्ष पूरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एकजनालाई पक्राउ गर्यो ।
बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति नभई बिजयकुमार श्रीवास्तव भएको नागरिकता पेश गरे ।
उनले आफू मुस्लिम नभई हिन्दु भएको र विनाकारण पक्राउ गरिएको दलिल पनि पेश गरे । हुन पनि उनी मुस्लिमको हुलियामा थिएनन् र हिन्दु केटीसँग नै घरजम गरेका थिए ।
पक्राउ परेका व्यक्तिको तर्क सुनेपछि प्रहरी छक्क पर्यो र अनुसन्धानलाई नयाँ ढंगले अगाडि बढायो । पुरक अनुसन्धानले जे जस्ता तथ्य बाहिर ल्यायो त्यसले प्रहरीलाई त अचम्म तुल्यायो नै, अपराध कर्म लुकाउन केसम्म गरिन्छ भन्ने तथ्य पनि बाहिर ल्यायो ।
बाराको कचर्अवा घर भई अनामनगर डेरा गरी बस्ने बलराम पटुवाको २०६४ असार २० मा गोली हानी हत्या भयो । नक्कली भारतीय नोटको कारोबारमा संग्लन पटुवाको हत्या नक्कली भारुको कारोबारी समूहबाटै भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकाल्यो ।
त्यही अनुसन्धानका आधारमा प्रहरीले सर्लाही सितौतिया घर भएका थापाजी भन्ने लाल मोहम्मद र पर्साको वीरगञ्ज १३ घर भएका पप्पु गुप्ता पक्राउ गर्यो । उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए । घटनाको चार बर्षपछि २०६८ मा उक्त घटनाका दोषी अन्य तीनजना पनि पक्राउ परे । कान्तिपुरमा खबर छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।