पेरिस । अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिस कार्यालयमा प्राप्त एक पत्र खोल्ने क्रममा बुधबार विस्फोट भएको छ। विस्फोटबाट उक्त संस्थाका पेरिसस्थित एक कर्मचारी सामान्य घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विस्फोटमा मुद्रा कोषका कर्मचारीको दुवै हात र अनुहारमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
विस्फोटपछि ‘आर्क डे ट्रिओक’ स्मारक नजिकै रहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको पेरिसस्थित कार्यालयमा रहेका कैयौँ कर्मचारीलाई सुरक्षार्थ खाली गरिएको फ्रान्सेली प्रहरी स्रोतले जनाएको छ ।
घटनापछि कुनै विस्फोटबारे फ्रान्सेली प्रहरीले कुनै लिङ्क भेटाएको सूचना प्राप्त नभए पनि ग्रीसको उग्र वामपन्थी समूहले पत्रमा विस्फोटक पदार्थ आफ्नो समूहद्वारा पठाएको र सो पत्र जर्मन अर्थ मन्त्रालयलाई लक्षित गरी पठाइएको जनाएको छ ।
सो समूहले छ वर्षभन्दा बढी युरोपेली अधिकारीलाई लक्षित गरी यस्तै अभियान चलाएको बताइएको छ ।
‘कन्सपिरेसी अफ फायर न्युक्लेई ग्रुप’ ले एक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा विस्फोटक पदार्थसहितको पार्सल विस्फोट हाम्रो समूहद्वारा गराएका बताएको छ । जर्मन प्रहरीले बुधबार जर्मन वित्तमन्त्री बुल्फाग्याङ्ग स्काउवलको कार्यालय भवनमा विस्फोटक पदार्थ भेटाएको जनाएको छ।
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
काठमाडौँ, असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको