December 26, 2017

अन्तरघातको कारण कांग्रेसमा कुटाकुट,हेलीप्याडबाट घाइते ल्याइयाे

 

पुस १०, २०७४ 

स्याङजा – नेपाली कांग्रेस स्याङजाका कार्यकर्ताहरुबीच बैठक कक्षमै कुटाकुट भएको छ । चुनावी समीक्षा गर्न बसेको बैठकमा अन्तरघातको कुरा उठेपछि दुई पक्षीय समुहबीच कुटाकुट भएको हो । सोमबार स्यङ्जा कांग्रेसले क्षेत्र नम्बर २ स्तरीय बैठक बोलाएको थियो ।चुनावी समीक्षा गर्न बोलाइएको सो बैठकमा भएको झडपपछि रामचन्द्र पौडेल पक्षका तीनजना कार्यकर्ताहरु घाइते भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताहरुले आफुहरुमाथि आक्रमण गरेको पौडेल पक्षका कार्यकर्ताहरुको आरोप छ । झडपमा पौडेल पक्षका भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भएका छन् । झडपमा ढकाल र अर्याल गम्भीर घाइते भएका र उनीहरुलाई उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

बैठकमा प्रदेश चुनाव लडेका नेविसंघका पूर्व नेता विष्णु पौडेलको समुहले आक्रमण गरेको पौडेल पक्षले आरोप लगाएको छ ।  पौडेल प्रदेशसभा चुनावमा पराजित भएका थिए भने सोही जिल्लाबाट कांग्रेस नेता गोपालमान श्रेष्ठ निर्वाचनमा पराजित भएका थिए । यद्धपि पार्टी  बैठकमा छलफल हुँदा सामान्य हात हालाहाल भएको तर खासै ठूलो घटना नभएको स्याङजा कांग्रेसका नेताहरुले बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने