हाम्रो देशको राजधानी काठमाण्डौबासीको तिर्खा मेटाउनका लागि मेलम्चीको पानी ल्याउने कुरा पनि वर्षौँसम्म पूरा हुन सकेको छैन । तर यो दुनियामा यस्ता हिम्मती देश पनि रहेछन् जसले देशबासीको तिर्खा मेटाउनका लागि अन्टार्कटिकाबाट बरफको पहाड नै ल्याउँदैछन् ।
दुनियाका १० सबैभन्दा सुख्खाग्रस्त देशहरुमा एक पर्दछ संयुक्त अरब इमिरेट्स अर्थात् युएइ । यहाँ पानीको समस्या बढिरहेको छ । आउँदोे २५ वर्षमा युएइमा यतिधेरै सुख्खा बढ्नेछ की त्यहाँ पानीको अभावैले जिवनयापन समेत कठीन हुनेछ ।
जहाँ समस्या, त्यहाँ समाधान भनेझैँ यो समस्यालाई समाधान गर्नका लागि युएइको एक कम्पनीले अनौठो योजना तयार गरेको छ । उक्त कम्पनीले युएइभन्दा झण्डै १० हजार किलोमिटर टाढा रहेको अन्टार्कटिकाबाट बरफको पहाड अर्थात् आइसबर्ग ल्याएर उक्त बरफलाई पगालेर खानेपानीको रुपमा प्रयोग गर्ने योजना बनाएको छ ।
यो काम उति सजिलो चाहीँ छैन । कम्पनीका मालिकको भनाई मान्नेहो भने सन् २०१८ मा यो परियोजना सुरु गरिनेछ । अन्टार्कटिकबाट एउटा बरफको पहाडलाई युएइको समुद्री तटसम्म ल्इाउनका लागि झण्डै एक वर्ष नै लाग्नेछ । त्यसपछि उक्त आइसबर्गलाई स-साना टुक्रामा काटिनेछ र बाकसमा भरिनेछ । घामको तातोले जब बरफ पग्लेर त्यसबाट पानी निस्किनेछ तब उक्त पानीलाई एउटा विशाल ट्यांकीमा एकित्रत गरिनेछ । अन्ततः त्यो पानीलाई शुद्धिकरण गरी पिउनका लागि प्रयोग गरिनेछ ।
रिपोर्ट अनुसार औषतमा एउटा आइसबर्गबाट २० अर्ब ग्यालेन पानी निकाल्न सकिन्छ । यति पानी युइएमा बस्नेहरुका लागि लामै समयसम्म प्यास बुझाउन पर्याप्त हुनेछ ।
अर्को आशा के भने जब विशाल बरफको पहाडलाई समुद्रको तटमा राखिनेछ, तब त्यहाँको वायुमण्डलमा आद्रता बढ्नेछ र वर्षातको सम्भावना पनि बढ्नेछ । वर्षात भयो भने त पानीको अभाव उसैपनि कम हुनेछ । स्मरण रहोस् युएइमा वाषिर्क जम्मा १ सय मिलिमिटर मात्र वर्षा हुन्छ ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको