रुख चढ्नु सजिलो काम होइन । अझ सुरिलो रुखमा चढ्न त सकसै पर्छ । तर, एक युवकले उल्टो बनेर अर्थात् उँधोमुन्टो लगाएरै रुख चढेर आफ्नो क्षमता देखाएका छन् ।
भारतको हरियाणाका एक युवक उल्टो जिउ बनाएर रुख चढ्न सक्छन् । ३२ वर्षका मुकेश कुमार नामका युवकमा यस्तो अनौठो क्षमता रहेको छ ।
उनमा सानैदेखि रुख चढ्ने सौख थियो, अझ उल्टो बनेर रुख चढ्ने । अहिले उनी सजिलैसँग उल्टो बनेर रुख चढ्न सक्छन् । उनले १३ वर्षको उमेरदेखि उल्टो बनेर रुख चढ्न थालेका रहेछन् ।
पेसाले निर्माण मजदुर रहेका मुकेश सुरुमा उल्टो रुपमा चढ्दा २/३ फुट मात्र चढ्न सक्थे । तर, उनले हार नमानी निरन्तर प्रयास गरिरहे । यसो गर्दा कैयौं पटक लडेर उनलाई चोट पनि लाग्यो । अहिले उनी ५० फुट अग्लो रुख ५ मिनेटमै उल्टो बनेर चढिसक्छन् । उनी उल्टो रुपमा रुख चढेर गिनिज बुकमा नाम लेखाउन चाहन्छन्
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको