अनौठो क्याफे जहाँ मज्जाले तोडफोड गर्न पाइन्छ

bhadas-a2अर्काको सम्पत्ति तथा मालवस्तु तोडफोड गरिदिने अधिकार कसलाई पो हुन्छ र ? तर अहिले एउटा यस्तो क्याफे छिरेको छ जसमा तपाइँले आफुलाई चाहेको कुरा तोडफोड गर्न सक्नुहुन्छ ।

भारतको इन्दोरमा खुलेको छ यस्तो क्याफे । तपाइँले मज्जाले तोडफोड गर्न सक्नुहुन्छ । यसरी तोडफोड गरिरहँदा तपाइँलाई कसैले रोक्दैन, कारवाही गर्दैन । कारवाही त भोग्नु पर्दैन, तर यसरी तोडफोड गर्नका लागि तपाइँले सुरुमै अनुमति लिँदा केही शुल्क तिर्नुपर्ने हुन्छ ।

 

मध्यप्रदेशको इन्दोरस्थित चन्द्रनगरमा खुलेको यो अनौठो क्याफेको नाम भडास क्याफे हो । रिसले मुर्मुरिएका मानिसहरु यो क्याफेमा छिरेर भकाभक तोडफोड गर्छन् र रिस शान्त भएपछि तनावमुक्त महसुस गर्दछन् ।

उक्त क्याफेमा तपाइँले जे मनलाग्यो त्यहीँ फोड्न सक्नुहुन्छ । सिसाको गिलास, कप, कुर्सी, टिभी, ल्इापटप, कम्प्युटर, घडी जस्ता सबै चिज पाइन्छन् जो फुटाउँदा तपाइँलाई मज्जा आउनेछ ।

रिस शान्त पार्नका लागि त्यहाँ पन्चिङ ब्यागदेखि बेलुन सम्म छन् । त्यहाँ तोडफोडका लागि जानेहरुले २ देखि ५ भारु दिएर गिलास फोड्न पाउँछन् । ५० भारु दिएर घडीलाई टुक्राटुक्रा पार्न सक्छन् । जति महंगो सामान फोड्न चाहनुभयो उति नै बढि रकम तिर्नुपर्ने हुन्छ । तर सामानको खास मूल्यको तुलनामा त्यहाँ तिर्नुपर्ने शुल्क चाहीँ निकै कम हो ।

यो क्याफेको खास विशेषता के भने त्यहाँ ग्राहकलाई कुनै रोकतोक हुँदैन ।

स्मरण रहोस् पश्चिमा देशहरुमा यस्ता क्याफेहरु एंगर रुम नामबाट पहिले देखिनै प्रचलनमा छन् । मानिसहरुमा बढ्दो डिप्रेसनलाई ध्यानमा राख्दै सबैभन्दा पहिले अमेरिकामा यस्तो एंगर रुम खुलेको थियो सन् २००८ मा ।

त्यसैको सिको गर्दै भारतमा खुलेको भडास क्याफेमा तोडफोडको आनन्द सँगै कफीको चुस्की, मनपर्ने गित संगीत र योगा समेत गर्न पाइन्छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।