अनुहारको कालो पोतो सजिलै हटाउने उपाय

छाला कालो, खस्रो हुनु विभिन्न किसिमका फोका, दाग, घाउ आउनुलाई छालाको समस्या वा रोग भनिन्छ । छालाको रंग चम्किलो खालको हुन्छ । स्वस्थ छाला र अस्वस्थ छाला राम्ररी चिन्न सकिन्छ । महिलामा छालाको विषेश महत्व हुन्छ । छालाले सुन्दरताले अत्यन्त महत्व राख्दछ । छालाको स्वस्थताले नै सुन्दरताको विशेषता झल्काउँछ । सुन्दर र स्वस्थ छाला भयो भने सुन्दरतामा अत्यन्त चमक आउँछ । छालाले साथ दियो भने सुन्दरताको लागि सुनमा सुगन्ध हुन्छ । छालाको सुन्दरता जोगाई राख्न केही होसियारी अपनाउनु पर्दछ ।

छालामा लाग्ने हुने विभिन्न समस्या र रोगका बारेमा जानकारी राख्न सके यसले हामीलाई सुन्दर र स्वस्थ बनाउँछ । स्वस्थ छालाले मानिसलाई सफलतामा पु¥याउँछ । सुन्दरता नचाहने कोही पनि हुँदैंन । छालाको सुन्दरतासँगै मनको सुन्दरता पनि आवश्यकता हुन्छ । मनको सुन्दरताले छालालाई सुन्दर बनाउँछ र स्वस्थता प्रदान गर्दछ ।

सामान्य छालाको कोषलाई मलाइनोसाइटिस भनिन्छ । जुन कोषहरुले मेलानिन नामक तत्व उत्पादन गर्दछन् जसले छालालाई रंग प्रदान गर्दछन् । छालामा मेलानिनको मात्रा ठीक्क भएमा छाला राम्रो देखिन्छ । मेलानिन बढी भएमा कालो देखिन्छ । थोरै मेलानिनको मात्रा निस्केमा छाला पहेंलो नराम्रो देखिन्छ । बढी मेलानिन निस्केमा ठाउँ वरिपरि कालो छाला आएको भनिन्छ । यो बिस्तारै शरीरमा फैलिदै जान्छ ।

कालोपोतो हुने कारण

१) कहिलेकाही छालामा संक्रमण हुँदा छालाका कोषमा आउने गडबडीले मेलानिन उत्पादन बढी भई छालामा असर देखिन्छ । यस्तो अवस्थामा समयमा उपचार गराउनुपर्छ । २) आइरन चक्की खाईरहे, यसको मात्रा बढी भएमा पनि कालोपोतो देखिन सक्छ । वा अन्य कुनै औषधिले पनि कालोपोतो निकालिदिन सक्छ ।

३) इण्डोक्राइन रोग वा कुनै किसिमको हार्मोनल रोगहरु जस्तै थाइराइड, सुगर, पाठेघरको समस्या, पेट तथा मिर्गौलाका समस्या भएमा छालाका रोग देखिन सक्छन् । समयमा उपचार नभएमा छालाका कोषमा गडबडी आई छालाका रोग तथा कालोपोतो आउन सक्छ ।

४) खुल्ला घाममा हिँड्दा घाममा हुने पराबैजनी किरणमा आउने विकिरणका कारण छालाका कोषमा गडबडी आई कालोपोतो देखिन्छ । घामको विकिरणको मात्रा बढी भई छालामा गडबडी देखिन्छ । यस्तो अवस्थामा बढी गर्मीबाट बच्ने तथा सनस्क्रीन क्रिमको प्रयोग गर्नुपर्दछ । प्रशस्त मात्रामा पानी पिउने, धेरैपटक मुख धुने गर्दा छाला बिग्रन पाउँदैन ।

कालोपोतो उपचार पछि कतिपयलाई आइरहने भएकाले उच्च किसिमको उपचार तथा सल्लाह आवश्यक पर्दछ । उपचारका क्रममा विभिन्न किसिमका छाला चम्काउने वा कालो भएका भागलाई छोप्ने क्रिम पाइन्छन् । कालोपोतो फाल्ने भनेर बनाएका औषधि पनि पाइन्छन् । यस्ता औषधि लगाउँदा २१ दिन अर्थात् तीन हप्ताभन्दा बढी नियमित नलगाउने यसपछि त्यसको फाइदा तथा बेफाइदा हेरेर सल्लाहअनुसार अगाडि बढ्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि