April 27, 2020

अनलाइन पढाइ गर्न कठिन

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागले अनलाइन प्रविधिबाट विद्यार्थीलाई पढाउन थालेका छन् । कोरोना भाइरस  (कोभिड–१९) को सङ्क्रमणले विश्वविद्यालयको नियमित कक्षा सञ्चालन गर्न केही विलम्ब हुने देखिएपछि अनलाइन प्रविधिबाट अध्यापन जोडिएको हो तर अनलाइन अध्यापन त्यति सहज भने देखिन सकेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले स्नातकोत्तर तह अध्यापन गराउने क्याम्पसमा अध्यापन सुरु भएको जानकारी दिए । यसका साथै विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सामुदायिक क्याम्पसले पनि अनलाइन प्रविधिबाट पढाइ सुरु गरेको जानकारी आफूले पाएको उनले बताए । यसअघि विश्वविद्यालयका केन्द्रीय विभागले पनि अनलाइन प्रविधिबाट विद्यार्थीको पठनपाठन सुरु गरेका थिए ।

विश्वविद्यालयले अनलाइनबाट विद्यार्थीलाई पठनपाठनमा जोडे पनि स्नातक तह तथा धेरै विषय पढाउने बहुमुखी क्याम्पसमा भने पढाउन समस्या देखिएको पदाधिकारीको भनाइ छ । मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन सङ्कायमा स्नातक तहमा कक्षा लिन समस्या भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण