अध्यक्ष ओली – सरकारले करोडौं पैसा दिएर सांसद किन्न खोज्दैछ

kp-oliकाठमाडौं, १७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधान्त्री केपी ओलीले पैसा र राज्यशक्तिको बलमा सरकारले दलहरु तोडफोड गर्न खोजेको आरोप लगाएका छन् ।

आइतबार एमाले संसदीय दलको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो सरकार सत्तापक्षमाथि पैसा र उपप्रधानमन्त्री तथा मन्त्रीको प्रलोभन देखाएर सांसद किनबेचमा उत्रिएको छ । सरकारले करोड-करोड रुपैयाँ दिन्छु भन्छ, कहाँबाट ल्यायो ? मन्त्री भनेको राज्यकोष हो, त्यो दिएर पार्टी तोडफोड गर्छु भन्नु भ्रष्टाचार हो । त्यसैले यो सरकार भ्रष्ट र अनैतिक सरकार हो । यसले मान्छेको इमान किन्न खोज्दैछ ।’

संसद बैठकअघि बसेको संसदीय दलको बैठकमा ओलीले हेलिकोप्टर पठाउँदा पनि सांसद फेला नपरेको र राप्रपाका देशभक्त सांसदहरुले राष्ट्रघातको मतियार बन्न नमानेको कारण बैठक केही दिन रोकिने संकेत गरेको बताए ।

स्वच्छ ढंगले मतदानबाट संविधान संशोधन विधेयक टुंगो लगाउने अवस्था अब संसदमा नरहेको घोषणा गरे । ‘यति करोड दिन्छु पार्टी छाड भन्ने, पार्टी फुटाउन खोज्ने, मन्त्री दिन्छु भन्ने ?’ ओलीले भने, ‘पहिले सरकारले माफी माग्नुपर्छ अनिमात्र अरु कुरा हुन्छ । यस्ता अनैतिक सरकारसँग बसेर भोट गनेर चल्दैन । स्वच्छ ढंगले मतदान पनि हुन दिने भएनन् ।’

उनले देशका विरुद्ध इमानमाथि हमला, नैतिकतामाथि हमला गर्ने अनैतिक भ्रष्ट सरकारले माफी नमागी अघि बढ्न नसकिने पनि बताए ।  आफूलाई विभिन्न साना पार्टीका सांसदले प्रलोभन आएको बारेमा जानकारी दिएको  भन्दै अध्यक्ष ओलीले सांसदहरुलाई सत्तापक्षबाट दिइएको पलोभनको प्रमाण आफूसँग रहेको दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने