९ केजी सुन सहित प्लाष्टिकको चामल बेच्ने पक्राउ

gold-9-kg-sun_hGxq3MPspO

असार २८,काठमाडौंको सितापाईलाबाट ९ केजी सुन सहित एकजना पक्राउ परेका छन् । मंगलबार साँझ ९ ओटा सुनका बिस्कुट सहित साईमन सोनामलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीले जानकारी दिए ।सोनामले उक्त सुन केरुङ नाकाबाट रसुवा हुँदै काठमाडौं ल्याएको बताईएको छ ।यसैबिच, प्लाष्टिकको चामल बिक्री वितरणमा संलग्न टंक शेरचनलाई पनि प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ काठमाडौंको सानोभ¥याङ बाट शेरचनलाई नियन्त्रणमा लिईएको एसएसपी जोशीले जानकारी दिए । 

चिन र भियतनाममा बनेको आरसिटी ब्राण्डको नक्कली चामल विक्री वितरणमा संलग्न शेरचन बारे थप अनुसन्धान भईरहेको एसएसपी जोशीले बताए । 

 

 

photo

NOC1-250x300