९१ जना मृतकका परिवारलाई ६ करोड ७७ लाख क्षतिपूर्ति

काठमाडौँ, २० असोज । संयुक्त अरब इमिरेट्स (यूएई)मा मृत्यु भएका ९१ जना मृतक नेपाली कामदारका परिवारले ब्लडमनीबापत २२ लाख ५६ हजार दिराम (झन्डै ६ करोड ७७ लाख) क्षतिपूर्ति पाएका छन् ।money

आवुधावीस्थित नेपाली दूतावासका अनुसार मृतकका परिवारले पाएको क्षतिपूर्ति सम्बन्धितले पाउने गरी परराष्ट्र मन्त्रालय पठाइएको छ ।

परराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत क्षतिपूर्ति रकम वितरण गर्नेछ ।

क्षतिपूर्ति पाउनेमा पाँच बर्षअघि मृत्यु भएका समेत रहेका छन् । कान्तिपुरमा खबर छ ।

 

photo

NOC1-250x300