७ नयाँ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ८२ पुग्यो

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

यसअघि ७५ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नयाँ संक्रमित भेटिएका हुन् । उनीहरु नेपालगञ्ज-८ का नागरिक हुन् ।

संक्रमितहरुमध्ये २२ वर्ष, ३० वर्ष र ४० वर्षका पुरुष रहेका छन् । त्यस्तै ३२ वर्ष, ३४ वर्ष र ५५ वर्षका महिलाहरु रहेका छन् । ९ वर्षकी बालिकामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

 

photo

NOC1-250x300