काठमाडौं, चैत १० – नेपाल प्रहरीले स्थानीय तहको नि
र्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । स्थानीय तहको चुनावका लागि ७५ हजार म्यादी प्रहरी चाहिने भन्दै शुक्रबारदेखि दरखास्त आह्वान गरिएको हो ।
देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिने मिल्ने नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीको जवानले पाए सरह सेवा सुविधा दिने गरी दरखास्त खुलाएकोले योग्य व्यक्तिले दरखास्त दिन गृह मन्त्रालयले आग्रह गरेको छ