७० लाखभन्दा बढी कमाउँछिन् यी ८ वर्षीय बालिका, पढ्नुहोस् कसरी ?

Charlis-crafty-kitchenएजेन्सी । मानिसहरु नोकरी गर्नका लागि स्नातकोत्तरदेखि लिएर विभिन्न किसिमका तालिमहरु लिने गर्छन् । अझ केही त अन्तरवार्ता धाउँदा धाउँदै हैरान हुँदासम्म पनि भनेजस्तो जागिर पाउँदैनन् ।

तर एक आठ वर्षीय बालिकाको पैसा कमाउने माध्यम भने अलि रोचक र फरक छ । उनी यूट्युबमार्फत महिनाको सात लाखभन्दा बढी कमाउँछिन् । यूट्युबकी स्टार चार्ली यी दिनहरुमा कुनै हलिउड स्टार्सभन्दा कम लाग्दैन, चाहे आम्दानीको हिसाबमा होस् चाहे चर्चामा नै किन नहोस् । एनऐजले हालै मासिक आम्दानीको अध्ययन गरी केही यूट्युब स्टार्सहरुको सूची तयार पारेको थियो । जुन तथ्यांक ओट्रिगर मीडियाले संकलन गरेको थियों, जसमा शीर्ष अर्निग च्यानलहरुलाई दुई जनरामा बाँडिएको थियो, ब्यूटी र स्टाइल तथा फूड र कुकिङ । फूड र कुकिङ जनरामा आठ वर्षीय बालिका चार्लीको च्यानल चार्ली क्राफ्टी किचनको आम्दानीको हिसाबमा पहिलो स्थानमा राखिएको छ । चार्ली आफ्नो उक्त च्यानलमा पाक सुझावहरु दिने गर्छिन् । चार्लीको च्यानलले हरेक महिना औसत एक लाख सत्तरी हजार डलर कमाउँछ ।

उक्त च्यानलको हरेक महिनाको औसत भ्यूज २ करोड ९० हजार छन् । चार्लीले भिडियो सन् २०१२ बाट शूट गर्न थालेकी थिइन् । जब उनी ६ वर्षकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अभिनय क्षेत्रबाट बिदा लिने तयारीमा बलिउड सुपरस्टार आमिर खान ।

२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।

आफ्नै मौलिक भाषा, लिपीको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योति : महागुरु फाल्गुनन्द

महागुरु फाल्गुनन्द लिङदेनको जन्म बिक्रम सम्बत १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुर

धनुषा । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको

तिहार,नेपालीहरुको महान पर्व

तिहार हिन्दु धर्मावलम्बीहरूको दसैँ पछिको सबैभन्दा ठूलो पर्व हो। यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको

भोलि भाइटीकाको उत्तम साइत ११:३७ बजे

९ कार्तिक,काठमाडौं । भोली भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले