१८ भदौ, काठमाडौं । टेकुसिथत शुक्रराज सरूवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक सय जनाभन्दा बढी कुकुरले टोकेका पीडित उपचारका लागि आउने गरेका छन् ।तीमध्ये भुस्याहा कुकुरले टोकेका ७० भन्दा बढीले एन्टिरेबिज भ्याक्सिन लगाउने गरेका छन्। अस्पतालले दिएको जानकारीअनुसार पछिल्लो चार महिनामा आठ हजार दुई सय २८ जनाले एन्टिरेबिज भ्याक्सिन लगाएका छन्।
साउन महिनामा एक हजार नौ सय ३१ जनाले सो भ्याक्सिन लगाएको अस्पतालले जनाएको छ। कुकुरको टोकाइकै कारण पाँच वर्षमा ९३ हजार ६ सय ७५ जना पीडित भएको अस्पतालको तथ्यांक छ । काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकामा २२ हजारभन्दा बढी भुस्याहा कुकुर रहेका छन् । भुस्याहा कुकुरको संख्या बढ्न नदिन महानगरले भ्यासेक्टोमी र बन्ध्याकरण अभियान सुरु गरेको स्वास्थ्य विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।
६ माघ,काठमाडौं । काठमाडौँको बबरमहलमा विहिबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २७
३ माघ,काठमाडौ । नेत्र चिकित्सक डा.सन्दुक रूइतले १० लाख डलर सहित प्रतिष्ठित इसा अवार्ड प्राप्त
१ माघ,काठमाडौं । नेपाल स्रष्टा समाजले हिजो २०७९ पुस ३० गते कथाकार निशा केसीको लघुकथा
१४ पुस,काठमाडौं । सर्वजीत शर्मालाई महासचिव चयन गर्दै नवगठित क्रान्तिकारी कम्युनिस्ट लिग नेपालले ५१ सदस्य
पछिल्लो समय काठमाडौं उपत्यकाभित्र धमाधम ससाना बालबालिका लागि मन्टेश्वरीहरु खुलेका छन् । व्यस्तताका कारण आफ्नो
४पुस, काभ्रे । प्राकृति तथा नदीजन्य पदार्थ उत्खनन सम्बन्धी ठेक्कामा चरम भ्रष्टाचार र अधिकारको दुरुपयोग