६ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, २४ घण्टामा थपिए ४५१

 

काठमाडौं । कोरोना संक्रमित हुनेको संख्या ६ हजार नाघेको छ। स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४५१ जना कोरोना संक्रमित थपिएका छन्।

गत २४ घण्टामा गरिएको ५ हजार ३ सय ६ पिसिआर परीक्षण मध्ये ४५१ जना कोरोनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा १ लाख ३८ हजार ६ सय ८३ जनाको पिसीआर परीक्षण गरिएको छ ।

यो संगै कोरोनाबाट संक्रमित हुनेको संख्या ६ हजार २ सय ११ पुगेको छ । जसमध्ये ५ हजार १ सय ५१ जना आइसोलेसनमा रहेर उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेका छन्।

 

 

photo

NOC1-250x300