चैत २३ – गएको वर्ष असम्भव मानिएको प्रिमियर लिगको उपाधि दिलाउने प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछिका खेलमा राम्रो प्रदर्शन गर्दै आएको लेस्टर सिटीले त्यसलाई निरन्तरता दिएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीले प्रशिक्षक क्रेग शेक्सपियरको प्रशिक्षणमा विजयी यात्रा कायम राख्यो ।
घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले सन्डरल्याण्डलाई २–० ले हरायो । उसको जितमा इस्लामा स्लेमानी र जेमी भर्डीले गोल गरे दुवै गोल दोस्रो हाफमा भएको हो । ६९ औं मिनेटमा स्लेमानीले गोल गर्दै अग्रता दिलाए । ७८ औं मिनेटमा भर्डीले गोल गर्दै २–० को जित निश्चित गरे ।
यो लेस्टरको लिगमा लगातार पाँचौं तथा समग्रमा लगातार छैटौं जित हो । जितपछि दशौं स्थानमा उक्लिएको लेस्टरको ३० खेलबाट ३६ अंक भएको छ । पुछारको सन्डरल्याण्डको ३० खेलबाट २० अंक छ । अरु खेलमा वाट्फोर्डले वेष्ट ब्रोमलाई २–० तथा बर्नलीले स्टोक सिटीलाई १–० ले हरायो ।
१७ माघ, काठमाडौं । नेपाली क्रिकेट संघ क्यानले टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको
५ माघ , काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आगामी फेब्रुअरी ७ अगाडि नै राजीनामा
१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।
२४ मंसिर,काठमाडौं । कतारमा जारी बिश्वकप फुटबलको अल थुमस रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-०
२३ मंसिर,काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल र क्रोसियाविचको पहिलो क्वाटर फाइनल खेलमा क्रोसियासंग
काठमाडौँ, १२ असोज । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो