people Nepal » ६४ तोला सुन चोरीको आरोपमा प्रहरी हबल्दारसहित ६ जना पक्राउ ६४ तोला सुन चोरीको आरोपमा प्रहरी हबल्दारसहित ६ जना पक्राउ – people Nepal

६४ तोला सुन चोरीको आरोपमा प्रहरी हबल्दारसहित ६ जना पक्राउ

काठमाडौं । न्युरोडको सुन पसलबाट ६४ तोला सुन चोरी गरेको आरोपमा प्रहरी हबल्दारसहित ६ जना पक्राउ परेका छन्।

न्यूरोड मरुहिटीमा भारतीय नागरिकले सञ्चालन गर्दै आएको सुन पसलमा  शुक्रकार चोरी भएको थियो। हतियार सहित आएको एक समूहले हतियार देखाएर झण्डै ६० तोला सुन लुटपाट गरेका थिए।

चोरीमा संलग्न सोह्रखुट्टे प्रहरीका हवल्दार अजय गुरुङसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। आजै पत्रकार सम्मेलन गरेर प्रहरीले घटनाको थप विवरण दिने स्रोतले जनाएको छ।