४७ व्यक्ति सवार डुङ्गा डुब्यो, आठको मृत्यु, अरु बेपत्ता

१० साउन,जाकार्ताः मध्य इन्डोनेसियामा रहेको उत्तरी कलिमानतान प्रान्तमा रहेको एक जलक्षेत्रमा मङ्गलबार बिहान डुङ्गा डुबेको समाचार छ ।

boat-59773dc3b889e1.85641393

सो डुङ्गामा सवार रहेका यात्रुमध्ये कम्तीमा पनि आठ जनाको ज्यान गएको समाचार आएको छ । राष्ट्रिय खोजी तथा उद्धार कार्यालयले सो जानकारी दिएको छ ।

द्रूत गतिमा रहेको यस डुङ्गामा करिब ४७ व्यक्ति सवार रहेका जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । उद्दारका लागि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटिरहेको बताइएको छ । रासस

 

photo

NOC1-250x300