पूर्वी दिल्लीको न्यु अशोक नगर इलाकामा स्कुले युवतीमाथि लगातार बलात्कारमा संलग्न एक सिरियल रेपिस्टलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ।
सोधपुछका क्रममा आरोपीले आफूमाथिको आरोप स्वीकार गर्दै पछिल्ला १२ वर्षमा ६ सय भन्दा बढी युवतीमाथि बलात्कार गरेको बताएका छन्।
बलात्कार आरोपी सुनिल रस्तोगीको दिल्लीको एक अदालतले १४ दिनका लागि हिरासतमा पठाएको छ । उनले किशोरीहरुलाई कुनै वस्तु दिनका लागि बाबुआमाले पठाएको भन्दै फसाउँदै गर्ने गरेका थिए।
एक अधिकारी ओमवीर सिंहले उनले नाबालिग युवतीलाई निशाना बनाउने गरेको बताएका छन्। जब कुनै बालिका स्कुलबाट घर जाने आउने गरेको देखेपछि तिनीहरुलाई बाबुआमाले कुनै कपडा वा अन्य सामान पठाएको भन्दै एकान्तमा लिएर जाने गर्दथे।
आरोपीमाथि रुद्रपुर, दिल्ली र गाजियावादमा यौन अपराध तथा चोरीको मुद्धा छ । ३८ वर्षीय आरोपी ३ छोरी र २ छोराका बाबु हुन्।
-राजधानी दैनिकबाट
काठमाडौं, साउन २५गते, पीपुल नेपाल । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र
काठमाडौँ, २० साउन । सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।
Bypeoplenepal. बाग्लुङ, १९ साउन । १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद,
१४ श्रावण २०७९, बहालमा रहेका सबै कर्मचारीहरूलाई नियमित रुपमा काम गर्न पाउने गरी पेशागत सुरक्षा
बुटवल, १२ साउन । लुम्बिनीमा मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । बुधबार बसेको