२ बर्षीय भतिजको हत्या

बैशाख १७, सिरहा – सिरहाको नरहा गाउँपालिका ३ स्थित खोरिया बत्राहीका दुई बर्षीय बालकलाई आफ्नै काकाले हत्या गरी शव गाडेको अवस्थामा फेला परेको खबर आजको कान्तिपुरमा छ ।

बुधबार आफ्नै घरबाट बेपत्ता भएका नरहा ३ का रामभरोसी यादवका २ बर्षीय छोरा रञ्जनको शव बारीमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार राती ७ बजे आफ्नै घरमै ट्युसन पढिसकेपछि छोरा रञ्जनलाई नदेखेपछि उनको खोजी भएको थियो ।

धारिलो हतियारले घाँटी रेटेर बारीमा गाडेको अवस्थामा शुक्रबार साँझ उनको शव फेला परेको थियो ।

प्रहरीले घटनामा संलग्न मृतक रञ्जनका काका सुरेश यादवलाई पक्राउ गरेको छ ।

 

photo

NOC1-250x300