काठमाडौं, चैत २५ – दुई नम्बरको प्रदेशको मतदान केन्द्रबारे आयोगले भोलि शनिबारसम्ममा निर्णय गर्ने भएको छ ।
सरकारलाई शुक्रबारसम्म केन्द्र टुंगो लगाउन आग्रह गरिएको र सरकारले टुंगो लगाउन नसकेमा आयोग आफैंले निर्धारण गर्न लागेको हो ।
चैत १० गतेभित्रै सबै मतदान केन्द्र टुंगो लगाउने आयोगको कार्यतालिका भएपनि मधेसी मोर्चाको विरोधका कारण २ नम्बर प्रदेशमा अझै केन्द्रको टुंगो लाग्न सकेको छैन । बारा र पर्साबाहेक अरु ६ जिल्लाको केन्द्र टुंगो लाग्न बाँकी भएको आयोगले जनाएको छ ।
शुक्रबार बेलुकीसम्म पनि टुंगो लाग्न नसकेमा आयोगले पुरानै मतदान केन्द्र निर्धारण गर्ने आन्तरिक गृहकार्य थालेको छ । अरु जिल्लामा भने मतदान केन्द्रको टुंगो लागिसकेकाले आयोगले धमाधम मतदाता परिचयपत्र छपाईको काम गरिरहेको छ ।
अहिलेसम्म १३ जिल्लाको मतदाता परिचयपत्र र १७ जिल्लाको नामावली छाप्ने काम सकिएको आयोगले जनाएको छ । परिचयपत्रमा मतदाताको नामावली र अरु विवरणसँगै मतदानस्थल पनि लेखिएको हुन्छ । वैशाखको पहिलो हप्ताभित्रै परिचयपत्र छपाईको काम सक्ने तयारीमा रहेको आयोगले बाँकी ६ जिल्लाको मतदान केन्द्र पनि छिटो निर्धारण गर्न लागेको हो ।
काठमाडौँ, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको
काठमाडौँ, २८ साउन । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट पक्षको बैठक आज
पिपुल नेपाल संवाददाता,ललितपुर,२७ साउन। नेपाल ट्रेडयुनियन महासंघ(जिफन्ट) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र
काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको